डा. केदार कार्की
बरीष्ठ पशु चिकित्सक
डिभाइन भेट क्लिनीक सिनामंगल
वाख्रापालन लाई ग्रामीण गरीव समुदायको आजीवीकाको लागी एउटा संपुरका साधन सदियो देखि मानिन्छ । आफ्नो उल्लेखनिय विशेषताहरुका कारण वाख्रा पानले महिला आधारित आजिविका एव आय श्रोतमा ग्रामीण क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । मुख्यधारका सरकारी एंव गैरसरकारी संस्थाहरु एंव विद्धान समुह यदयपी यस्को योगदानको सरहाना गर्दछन् । तर समाजका कतिपय मानिसहरु एव संस्थाहरुमा बाख्रा पादल तथा पर्यावरणको संवन्ध बारे किचित भ्रम व्याप्त छ । बाख्रावलाई बोट बिरुवा नाश गर्ने जनावर मानेर कतिपय ब्यकतीहरु तथा संस्थाहरु यसलाई जंगल नाशक पर्यावरण विनाशक जस्ता विशेषणहरुबाट संवोधन गर्ने गर्छन । बाख्रा तथा पर्यावरणको संवन्धबारे खुला बहस, सत्य अर्धसत्य र असत्य को विचको अन्तर बारे गहन चर्चा हुनु आवश्यक छ । यस विवादलाई बुझ्न को लागी हामीले एक एक भ्रान्ती धारणा तथा सत्य माथी चर्चा गर्नु पर्ने हुन्छ ।
सर्वप्रथम हामीले यस सत्यलाई स्वीकार गर्नु पर्ने हुन्छ कि बाख्रा पर्यावरणको ठिक त्यस्तो प्रकारको भागिदार हो जसरी अरु पशु एव मानव पर्यावरण का हिस्सा हुन । कुनै पनि पशुको संख्यामा असंतुलित बृद्धि जिवन चक्रलाई ऋणात्मक रुप बाट प्रभावित गर्न सक्छ र यो तथ्य बाख्राको लागी पनि त्यति नै सहि छ । त्यसैले हरेक बिकास परियोजनालाई कुनै पनि पशुको संख्यालाई उपलक्ध संसाधनको हिसावले संतुलित गर्न जरुरी हुन्छ । यहाँ यो पनि बुझ्न आवश्यक छ वाख्राले जमीन भन्दा छ इन्च माथीको विरुवाको पात खान मन पराउछ भेडा जस्तो जमीनको सतहमा उम्रेको घास खान मन पराउदैन । जंगलमा तिन किसिमका वनस्पती पाइन्छ । लहरा जुन जमीनमाथी घस्रीएर बोट बिरुवाको सहाराले माथी बढ्दै जान्छ । झाडी बुटटयान जुन ३–५ फिटको उचाइमा फैलिएर नमीनको चिस्यानको रक्षा गर्दछ र रुखहरु जुन सामान्यत ः १० फिट या त्यस भन अग्ला हुन्छन ।
बाख्राले मुख्यत ः आफ्नो दाना आहारा झाडी लहरा तथा रुखबाट खस्रेको पालहरु बाट प्राप्त गर्दछ । यसरी यस्लेझाडी को बिकाशलाई नियन्त्रित गर्दछ । १० फिट भन्दा माथीको रुखमा वाख्रा ले चरने कुरा लगभग असंभव छ । प्रश्न यो पनि छ जव सम्म जमिनमा प्रसस्त दाना घास पात उपलब्ध भएमा पशुले असामान्य वयवहार प्रदर्शन गर्दैन । जव सम्म रुख विरुवा साना हुन्छन त्यती वेला सम्म कुनै पनि पशुले नर्सरीमा चर्नु खतरनाक हुन सक्छ । यहा वाख्रा माथी मात्र प्रश्न उठाउनु गरीवहरुको आयश्रोत मानिएको पशु प्रति अन्याय हुने छ । सामान्यत ः बाख्रा पालक कृषकको वन्चरोको धार र्भको भाग पौने देखि सवा इन्चको हुन्छ । यो वन्चरोले एक सामानय४फिट गोलाई भएको हाँगा काट्न पुरै बल लगाए पनि ४–५ घन्टा लाग्न सक्छ वस्तुत ः काटनै मुश्कील होला केही रुखको हाँगाहरुको काँटछाँट आवश्यक हुन्छ ताकी हाँगा ज्यादा वाकवलो नहोस वा सहि किसीमले हाँगा एवं लहराको बिकाश हुन सकोस त्यसहद सम्म यो कार्य रुखको हितमा हुन्छ । धेरै जस्तो अध्ययन अनुसन्धान एव बैज्ञानीक प्राज्ञिक अवलोकन बाट यो प्रमाणित भएको देखिन्छ कि बबुल, इपिल नीम पिपल बर गुलर जस्ता रुख विरुवा आदीलाई सहि तरिकाले काट छाट गर्दा पात हाँगाहरु बढी बाक्लो तथा स्याउला घास बढी उपलब्ध हुने गर्दछ । जगलमा रुखबाट खसेको रुखको पातहरु यदि बाख्रा ले खाएन भने सुकेको पात आगोको कारण बनेर वनमा डढेलो लागी वन जंगलको क्षती हुन सक्छ । यी पालहरु बाख्राले आफ्नो आफ्नो आहाराको रुपमा प्रयोग गरी जुत्ता वडकौला लादि उत्तम मलको रुपमा जमीनलाई फिर्ता गर्दछ । जुन वोट विरुवाको लागी आवश्यक हुन्छ । बाख्राको पिसाव तथा बडकौला मा नाइट्रोजन तथा फस्फोरसकोमात्रा बढी पाइन्छ ।बाख्राले धेरै बोट विरुवाको विउलाई एक ठाउँबाट अर्को ठाउँ सार्न सहयोग गर्दछ सार्थ ती विउलाई आफ्नो पेटमा भएका अम्लले पघालेर विउको सुसुप्त अवश्था समाप्त गरी तिनलाई अंकुरणहुन योग्य वनाउछ जस्बाट नया वोट विरुवा पलाउन संभव हुन्छ । यस विषयमा खुला बहस गहन चर्चा तथा लामो अनुसन्धानको खाँचो छ । अन्यथा हतारमा कुनै विष्कर्ष निकाल्नु एउट ठुलो भुल हुन सक्छ ।
यहाँ यो पनि उल्लेख गर्नु जरुरी छ कि बाख्रा पालन वनजगल वोट विरुवा को वीचमा एउटा मजवुत संवन्ध छ । वास्तवमा भन्ने हो भने बाख्रा पालक कृषक समुदाय मात्र यस्तो समुदाय हो जस्को हित रुख विरुवा लगाउने तिनको संरक्षण गर्न सँग प्रत्यक्ष रुपमा जोडिएको पान्छ । अर्को तिर आजको गाई भैसी पालन दाना तथा खेतवारीका बोटविरुवा का उत्पादनमा निरभर हुन पुगेका छन् । रुख विरुवा स्याउला पात सँग यीनीहरुको कुनै सरोकार रहेन । यसैले वोट रुख विरुवा लगाउने तथा तीनको रक्षा गर्ने काम तीनबाट संभव छ जस्को आजिवीका यसमा निर्भर छ । बाख्रा पालक सायद त्यो समुदाय हो जुन आज रुख तथा स्याउला पात बाट सवै भन्दा बढी लाभ लिन्छन् ।
यदि कुरा पानी संरक्षण , वायु प्रदुषण तथा माटो संरक्षणको गर्ने हो भने पानीको संवन्धमा वाख्रा शायद उट पछि सवैभन्दा किफायत पशु मानिन्छ । जस्ले पानी फारो गरी उपभोग गर्दछ । यीनलाई गाइभैसीलाइ जस्तो पानी आवश्यक पर्दैन । वास्तवमा बाख्रा पालनबाट व्यवहारिक रुपमा अन्य वाली तरकारी वाी लगाउने कृषक भने तर्सिन्छन् किनभने छाडा गरी पालेका वाख्राले अन्य तरकारी वाली र जंगली झाडी बुटटयान छुटटयाउन सक्तैन । अनी मानवका लागी उपयोगी वाली तरकारीका विरुवा खाएर नष्ट पारी दिन्छ । यस बाट यो प्रष्ट हुन्छ कि वाख्रा आफैमा रुख विरुवा नाशक वा विनाशक हैन । यस्को असर वाँकी अरु पशुु जस्तै हो मात्र सतुलन आवश्यक छ ।
समस्याको समाधान वाख्रा लाइ बदनाम गरेर वाख्रा पालकलाई गाली गरेर हैन उनीहरु सँग सहकार्य गरेर सहि रणनिति निर्माण गर्नु हो समाजका मुख्य धारा का मानिस संस्था विज्ञहरु ले वाख्रा पालकहरु सँग अर्थपूर्ण सम्वाद सहभागीता वनाउन पर्ने छ । यसबाट बाख्रा तथा वन संरक्षणका सम्वन्ध बलियो वनाउन सकिन्छ ।