विराट गोल्डकप फुटबल शुरू हुँदै  

 विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । विराटनगरको सहिद मैदानमा दिवा रात्रि गरी दुवै समयमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मोरङ ११ र भुटानको थिम्पु क्लबबीच आज प्रतिष्पर्धा हुँदै छ ।

प्रतियोगितामा भारतको दुई, भुटानको एक र नेपालको सातवटा टोली गरी १० वटा टोलीको सहभागिता रहेको आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले १२ लाख ७१ हजार र उप–विजेता टोलीले ५ लाख ५१ हजार रुपैयाँ हात पार्ने छ । त्यस्तै म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

продвижение сайта в гугл особенностиобувь днепропетровской фабрики интернет магазин

Leave a Reply

Your email address will not be published. Required fields are marked *