डा. केदार कार्की

बरिष्ठ पशुचिकित्सक
सेवा निवृत्त प्रमुख भेटेनरी जनस्वास्थ्य कार्यालय
त्रिपुरेश्वर, काठमाडौं

विश्वास्वास्थ्य संगठनद्वारा “एयर पोलेशुशन एण्ड चाइल्ड हेल्थ ः प्रेसक्राइविङ्ग क्लिन एयर” शीर्षकबाट बायु प्रदूषण एवम् बालस्वास्थ्य बारे जारी गरिएको प्रतिवेदन अनुसार वैश्वीक स्तरमा १५ वर्ष भन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटीहरु प्रत्येक दिन यस्तो हावामा सास फेर्दछन् जुन प्रदूषित हुने गर्दछ एवम् यस प्रदूषित वायुले बालबालिकाहरुको स्वास्थ्य एवम् विकासमा गम्भीर प्रभाव पार्दछ । यी गम्भीर प्रभावहरुका कारण यीनमध्ये कैयौं बालबालिकाको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य संगठनको अनुमान छ कि सन् २०१८ मा ६००००० बालबालिकाहरु प्रदूषित वायुका कारण हुने स्वशन संक्रमणका कारण मरेका थिए ।
यस प्रतिवेदनका अनुसार जव गर्भवती महिलाहरु प्रदूषित हावाको सम्पर्कमा आउछिन भने तिनीहरुमा समयभन्दा पहिले बच्च जन्माउने सम्भावना बढी हुन्छ एवम् यसरी जन्मेका बच्चहरु स–साना तथा जन्मिदाको बलो कम तौलका हुने गर्दछन् । वायु प्रदूषणले मस्तिष्कको विकास एवम् सज्ञानात्मक क्षमताको विकासलाई पनि प्रभावित गर्दछ । साथसाथै यो अवस्थामा एवम् चाइल्डहुड क्यान्सरको पनि कारण बन्न सक्दछ । जुन बालबालिकाहरु उच्चस्तरको वायु प्रदूषणको सम्पर्कमा आउँछन् तिनमा उमेर बढ्दै गर्दा मुटु सम्बन्धी विरामी हुने जोखिम बढी हुने गर्दछ ।
प्रदूषित वायु लाखौं बालबालिकाहरुका लागि विषको काम गरिरखेको हुन्छ एवम् तिनको जीवन बरवाद गरिराखेको हुन्छ जसलार्य उचित मान्न सकिन्न । त्यसैले यो सुनिश्चित गरिनु आवश्यक छ कि सबै बालबालिकाहरु स्वच्छ हावामा सास फेर्न सकुन जसले गर्दा तिनीहरुले प्रर्याप्त शारीरिक विकास गर्न सकुन् र आफ्नो पूर्ण क्षमता प्राप्त गर्न सकुन । वायु प्रदूषणबाट प्रभावित बालबालिकाहरु विशेषगरी कमजोर हुनुको एउटा कारण यो पनि हो कि यिनीहरु बयस्कहरु भनदा बढी तीब्र ग तिमा सास फेर्दछन् । यसैले बढी प्रदूषण अवशोषित गर्दछन् । नवजात शिशु एवम सानो बालबालिकाहरु घरेलु वायुप्रदूषण प्रति पनि बढी सम्बेदनशील हुन्छन् जहाँ खाना पकाउनका लागि तातो, न्यानोका लागि, बत्ती बाल्नका लागि नियमितरुपले प्रदूषण फैलाउने खालका इन्धन एवम् प्रादयोगिकीहरुको उपयोग गरिन्छ ।
वायु प्रदूषण मष्तिष्कको विकासलाई प्रभावित गर्दछ जसले गर्दा बालबालिकाहरुको संज्ञानात्मक क्षमता हुनृ गर्दछ । यस प्रकार यसले बालबालिकाहरुको मानसिक एवम् शारीरिकलाई नकारात्मक रुपले प्रभावित गर्दछ । वैश्वीक स्तरमा १५ वर्ष भन्द कम उमेरका ३५ प्रतिशत बालबालिकाहरु यस्तो परिवेशमा रहन्छन जहाँ वायुमा क…… पदार्थको स्तर विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित कणीकीय पदार्थ २.५ को तुलनामा उच्च हुने गर्दछ जसमा ५ वर्ष भन्दा कम उमेर का ६३० एवम् १५ वर्षभन्दा कम उमेरका १.८ अरब बालकालिका सामील छन् ।
५ वर्ष भन्दा कम उमेरका सबै बालबालिकाहरुमध्ये ९८ प्रतिशत विश्वका निम्न एवम् मध्यम आय हुने देशहरुमा रहन्छन् जहाँ कणिकीय पदार्थ २.५ को स्तर उच्च छ । तुलनात्मकरुपले उच्च आय भएका देशहरुमा ५ वर्षभन्दा कम आयुका ५२ प्रतिशत बालबालिकाहरु यस्ता क्षेत्रहरुमा रहनछन् जसको वायुमा कणिकीय पदार्थ २.५ को स्तर विश्व स्वास्थ्य संगठनले निर्धारित कणिकीय पदर्थ २.५ को मादण्ड भन्दा उच्च छ । सन् २०१८ मा १५ वर्ष भन्दा कम आयुका बालबािलकाहरुको सम्बन्धमा लगभग ६००००० मृत्यका लागि वातावरण एवम् घरेलु प्रदूषणको संयुक्त प्रभाव जिम्मेवार मानिएको छ । कम एवम् मध्यम आय भएका देशहरुमा ५ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुमा हुने स्वास संक्रमणका लागि खाना पकाउँदा हुने घरेलु वायु प्रदूषण एवम् बाहिरी वायु प्रदूषण ५० प्रतिशत भन्दा बढी जिम्मेवार मानिएको छ । वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरा मध्ये एक मानिन्छ जसले पाँच वर्षभन्दा कम आयुका बालबालिहारुमा १० मध्ये १ मृत्युका लागि जिम्मेवार ठानिन्छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार भारतले विश्वमा सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित मृत्यु दर एवम् विमारीको बोझ सामना गर्नु परेको छ । त्यहाँ प्रत्येक साल २ मिलियन भन्दा बढी मृत्यु हुन्छ । त्यसमध्ये वायुको विग्रदो गुणस्तरका कारण हुने मृत्युको संख्यामा २५ प्रतिशत भागिदारी भारतको छ । वर्ष २०१६ मा भारतमा पाँच वर्षभन्दा कम उमेरका लगभग १००००० बालबालिकाहरु मारिए तिनको स्वास्थ्यमा जटिलताहरुका कारण बाह्य एवम् घरेलु वायु प्रदूषणको स्तर थियो । भारत पछि ९८००१ बाल मृत्युको तथ्याङ्क अनुसार नाइजेरिया दोस्रो स्थानमा रह्यो । यसपछि क्रमशः पाकिस्तान, कंगो, इथियोपिया गणराज्य यस श्रेणीमा समेल छन् । भारत ती देशहरुमध्ये एउटा मनिन्छ जहाँ पाँचवर्ष भन्दा कम उमेरका सबै बालबालिकाहरुमध्ये ९८ प्रतिशत भन्दा बढी यस्तो क्षेत्रमा बसोवास गर्दछन् जहाँ कणिकीय पदार्थ २.५ को स्तर विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित गुणस्तर भन्दा बढी छ । हामी पनि भारत कै छिमेकी भएकाले हाम्रो अवस्था पनि यस भन्दा भिन्न होला भन्न सकिने आधार भने छैन ।
सबै देशहरुले बालबालिकाहरुको स्वास्थ्य एवम् सुरक्षालाई प्रोत्साहन गर्नका लागि विश्व स्वास्थ्य संगठनको वैश्वीक वायु गुणस्तर दिशानिर्देशहरुको लक्ष्य प्राप्त गर्नका लागि काम गर्नुपर्ने हुन्छ । यसलाई प्राप्त गर्नका लागि सरकारहरुले वैश्वीक उर्जाका रुपमा जिवास्म इन्धन माथिको अधिक निर्भरतालाई कम गर्नु उर्जा दक्षतामा सुधार एवम् उर्जा श्रोतहरुको उत्थानलाई सुविधाजनक बनाउनेखालको उपायहरु अवलम्बन गर्नुपर्ने हुन्छ ।
राम्रो फोहरमैला व्यवस्थापनले समुदायले जलाउने फोहोर मैलाको मात्रालाई कम गर्न सक्दछ । यसले गर्दा सामुदायिक वायु प्रदुषणलाई कम गर्न सकिन्छ । घरहरुमा भोजन पकाउन, न्यानो पार्न एवम् प्रकाश व्यवस्थाका लागि स्वच्छ पौदयोगिक एवम् इन्धनको विशेष उपयोगले घर एवम् वरिपरिको समुदायमा वायुको गुणस्तरलाई धेरै हदसम्म सुधार गर्न सक्दछ । प्रदुषित वायुबाट बालबालिकाहरुलाई बचाउनका लागि कदम चाल्नु पर्ने हुन्छ । जस्तै स्कूल खेलका मैदानहरु, व्यस्त सडकहरु, राजमार्गहरु एवम् विजुलीका संयन्त्रहरु जस्ता वायु प्रदूषणका प्रमुख श्रोतहरुबाट टाढा राखिनु पर्दछ ।
बालबालिकाहरुमा वायु प्रदूषणका कारण हुने प्रभावहरुमा फोक्सोको विकासमा वाधा, फोक्सोको क्रियाशीलतामा कमी, स्वासन सम्बन्धी संक्रमण, मानसिक एवम् शारीरिक विकासमा अवरोध हुने व्यवहार सम्बन्धी विकार, जन्मदा कम तौल हुनु, समयपूर्व बच्चा जन्मिनु, शिशु मृत्यु एवम् चाइल्डहुड क्यान्सर प्रमुख हुन् साथै वयस्क हुँदा हृदय सम्बन्धी रोगहरु, मधुमेह एवम् पक्षघातको खतरा हुन सक्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वर्ष २०१६ मा बाह्य एवम् घरेलु प्रदूषणका कारण ५ वर्ष भन्दा कम उमेरका ५४३,००० जब की १५ वर्ष आयुका ५२००० बालबालिकाहरुको मृत्यु भयो । बालबालिकाहरु समाजका भविष्य हुन् तर यी यस्का सबैभन्दा कमजोर सदस्य पनि हुन् । वायु प्रदूषणका कारण बालबाकिलाहरुको स्वास्थलाई हुन सक्ने खतराहरुलार्य मनन गर्दै वैज्ञानिकहरु एवम् स्वास्थ्य विशेषज्ञहरुले यस माथि केन्द्रित आफ्नो प्रतिक्रिया दिनुपर्ने हुन्छ सामुहिक एवम समन्वीत प्रयासहरुको माध्यमबाट वैज्ञानिक एवम् स्वास्थ्य विशेषज्ञहरुले यस जोखिमलाई प्राथमिकताको रुपमा समाधान गनृक ालािग एक साथ उभिनु पर्नेछ । प्रत्येक दिन प्रदूषित वायुको सम्पर्कमा आउने लाखौ बालबालिकाहरुलाई बचाउनका लािग यो आवश्यक छ कि तत्काल सही दिशामा यथोचित कदम उठाउनु पर्नेछ । अन्यथा अहिले त हामी कोभिड–१९ को प्रलयकारी वैश्वीक महामारीको भुमरीमा रुपलिएका छौं, जसबाट सकुशल निस्कने उम्कने सजिलोबाट सुदुरक्षितिजमा कतै देखिएको छैन । प्रदूषणको स्तर यथास्थितिमा रहीरहे भोली के कस्तो स्थिति श्रृजना होला हाम्रो कल्पना भन्दा परको कुरा प¥यो । भनिन्छ हिजो बाँचेका थियौं त्यसैले आज छौं आज बाँच्यौ भने न भोली रहौला नत्र कस्ले भोलीलाई देखेको छ र बँचौला ।