समयपूर्व जम्मा भएको महासागर
समयपूर्व जम्मा भएको महासागर

रुसको तटमा रहेको आर्कटिक सागरमा अप्रत्याशित समयपूर्व चिसोका कारण करिब १८ कार्गो जहाज त्यहाँ अड्किएका छन् । 

तस्बिर: (एकर आर्कटिक)

मस्कोबाट सहयोग पठाइयो

मस्को टाइम्समा प्रकाशित रिपोर्टका अनुसार अधिकांश जहाज ल्याप्टेभ सागर र पूर्वी साइबेरियन सागरमा ३० सेन्टिमिटर बाक्लो बरफ बनेका कारण अड्किएका छन् । यसैबीच, रुसले स्थितिलाई सम्हाल्न मद्दत पठाएको छ।

तस्बिर: (तास)

युद्धस्तरमा काम गर्ने

रिपोर्टका अनुसार केही जहाज केही दिनदेखि फसेका छन्। यस्तो अवस्थामा खानपानको संकटसँगै औषधि पनि पठाइएको छ । रुसले हाल रुटलाई सामान्य बनाउन दुईवटा विशेष आइसब्रेकरहरू पठाएको छ, जसमा दुईवटा तेल ट्याङ्कर र कार्गो डुङ्गाहरू छन्। खराब मौसमले रुटलाई सामान्य बनाउने काममा ठूलो बाधा पु¥याएको हुँदा यहाँ युद्धस्तरमा काम भइरहेको छ ।

तस्बिर: (तास)

अनुमान जारी छ

यो महासागर चिसो हुनु सामान्य प्रक्रिया जस्तै हो। यसपटक समयपूर्व र अप्रत्याशित चिसोका कारण पुरानो अनुमानले काम गर्न सकेन । यी जहाजमा करोडौं र अर्बौंको सामान भरिएको बताइएको छ । 

(तस्बिरः सामाजिक सञ्जाल)समाचार एजेन्सीको सहयोगमा तयार पारिएको रिपोर्ट