डा. केदार कार्की
बरिष्ठ पशुस्वास्थ्य व्यवस्थापन परामर्शदाता
भिडाइन भेटेरिनरी क्लिनिक सिनामङ्गल । काठमाडौं

जलवायुलाई कुनै स्थान विशेषको दीर्घकालिन मौसम सम्बन्धी अवस्थाहरुको औसत भनिन्छ । सामान्यतः यो स्थीर रहन्छ तर वर्तमानमा स्थानीक अनि वैश्वीक जलवायुमा मानवीय एवं प्राकतिक कारणहरुले परिवर्तन देख्न पाइएको छ जसलाई जलवायु परिर्तन भनिन्छ । जलवायुमा देखिने यी परिवर्तन लामो समयको परिणाम हो जले न केवल क्षेत्रीय एवं वैश्वीक प्रभाव देख्न पाइएको छ । परन्तु सम्पूणै विश्व जलवायु परिवर्तनबाट प्रभावित भइराखेको छ । जललवायुपरिवर्तनको कारण प्राकृति एवम् मानवीय दुवै हुन जसमा मानवीय कारणहरुको योगदान बढी छ । मानवीय कारणहरुमा हरितगृह ग्यासहरको उत्सर्जन तथा कार्वनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, सल्फर डाइअक्साइड आदिको उत्सर्जनमा बृद्धिले पृथ्वीको औसत तापमानमा बृद्धिको एउटा प्रमुख कारणहरु मानिन्छ । वनोन्मूलन वन विनाश, पशुपालन, कृषिमा बृद्धि नाइट्रोजन उर्वरकहरुको कृषिमा उपयोग आदि कृयाहरुले पनि जलपरिवर्तनका लागि जिम्मेदार मानिन्छन् । प्राकृतिक कारणहरुमा सौर्य विकिरणमा परिवर्तन एवम् ज्वालामुखी विष्फोटन आदि शामिल छन् । वस्तुतः जलवायु परिवर्तनको प्रमुख कारण भूमण्डलीय उष्मन ताप हो जसको लागि प्रमुख रुपले हरित गृहग्यासहरु जिम्मेवार मानिन्छन् । एउटा भनाइ छ जसअनुसार जलवायु त्यो हो जसलाई हामी उम्मीद गर्दछौं मौसम त्यो हो जुन कि हामीलाई प्राप्त हुन्छ । हामी प्रायः जलवायु एवं मौसम शब्द अन्तर्गत गर्न सक्दैनौं । मौसम त्यो हो जुन दैनिक टि.भी. मा देखाइन्छ जस्तै विभिन्न ठाउँहरुमा अधिकतम न्यूनतम तापमान बादल एवं वायुको स्थिति वर्षाको पूर्वानुमान आद्रता आदि । निर्धारित समयमा कुनै स्थानमा बाह्य वातावरणीय परिस्थितिहरुमा हुनसक्ने परिवर्तनलार्य मौसम भनिन्छ । जलवायु शब्द कुनै ठाउँमा पछिल्लो कैयौ वर्षहरुको अन्तरालमा त्यहाँको मौसमको स्थितिलाई बताउँछ । जलवायु वैज्ञानिकहरु कुनै स्थान विशेषको जलवायुको पत्ता लगाउँनका लागि कमसे कम ३० वर्षहरुको मौसमको जानकारी हुन पर्ने आवश्यक ठान्दछन् ।

उष्मीय तनावको पशु उत्पादनमा प्रभाव ः
सामान्य चयापचयलाई बनाई राख्नका लागि पशुहरुको मुख्य शरीर तापमान स्थीरु हुने आवश्यक हुन्छ । यसका साथै मुख्य शरीरको तापमान परिवेशको तापमान भन्दा अलि बढी हुनु पर्दछ । जसले गर्दा गर्मीको स्थानान्तरण बाहिरी वातावरणमा सजिलै हुन सकोस । घाँस पराल दाना आहारा पचनाले एवं पोषकतत्वहरुको चयापचयबाट पशुहरुको शरीरमा गर्मी उत्पन्न हुन्छ । डेयरी दुध दिने पशुहरुमा मुख्य शरीरको तापमान तबसम्म कायम रहन्छ जबसम्म वातावरणको तापमान २८ देखि ३० डिग्री सेल्सिससम्म रहन्छ त्यसभन्दा बढी तापमान यीनलाई तनावपूर्ण स्थिति उत्पन्न गराउँछ । अत्याधिक तापमान पशुहरुको रुमेनको कार्यक्षमतालार्य कम गराउँदछ जुन कैयौं विरामीहरुको कारण बन्दछ । उपमीय तनावले गर्दा पशु स्याँ स्याँ गर्न थाल्दछ र तीनको मुखबाट ¥याल खसेको देखिन्छ । पशुहरुको शरीरमा बाइकार्वोनेट तथा आयनहरुको कमीले रगतको पि.एच. कम भएर जान्छ । उष्मीय तनावको बेला पशुहरुको शरीरको तापमान १०२.५ देखि १०३ डिग्री फरेनहाइटसम्म बढेर जान्छ । जसको पलस्वरुप दुध उत्पादन दुग्ध बोसो, प्रजनन् क्षमता एवं प्रतिरक्षा प्रणालीमा ह्रास आउँछ । उष्मीय तनावबाट प्रभावित पशुहरुलाई मदकाल प्रदर्शन गर्नमा पनि अप्ठ्यारो हुन्छ । उष्मीय तनावको बेला मदकालको अवधि छोटो तथा प्रजनन हार्मोनको श्रावमा असन्तुलन खासगरी इस्ट्रोजन हार्मोन (जसले मदको व्यवहारलाई प्रभावित गर्दछ) को मात्रा कम हुन्छ ।
उच्च तापमान भएका वातावरणमा पशुहरुमा मदकाल प्राय मुक रहन्छ एवम् अमनकालको घटनाहरु बढेर जान्छ । यदि ऋतुकाल लागिहाल्यो भने पनि शरीरको तापमान बढी भएको कारणले कैयौंपटक पशुले गर्भाधारण गर्न सक्दैन । उष्मीय तनाव बढ्नाले निषेचन क्रियामा विपरित प्रभाव पर्दछ जले भ्रुणलाई क्षती पनि पु¥याउँछ तथा जन्मिएका पाडा पाडी बाच्छा बाच्छी दैहिक भार सामान्य तापमा जन्ेका भन्दा कम हुने गर्दछ । जलवायु परिवर्तनले पशुहरुमा निम्नलिखित प्रभावहरु हुन्छन् ः
अत्याधिक पसिना आउने, तेजिले सास फेर्नु, चयापचय दर कम हुनु, इलेक्ट्रोलाइट असन्तुलन हुनु, पानीको मात्रामा बृद्धि हुनु इत्यादि । गर्मीको तनावले पशुहरुमा शुष्क पदार्थ सेवन १०–२० प्रतिशत कम भएर जान्छ । दुध उत्पादनमा १०–२५ प्रतिशत कम भएर जान्छ एवम् पशुहरुमा प्रजनन पर्दशनमा पनि कम आउँछ । प्रजनननको प्रभाव गर्मिको तनावको धेरै समय पछि पनि पशुहरुमा रहिरहन्छ । जस्तो कि मद अवधि घटने लम्बाई एवम् तीब्रता, गर्भाधान दरमा कमी डिम्ब ग्रन्थीमा रोगको विकाश एवम् आकारको बृद्धिमा कमी ।

उष्णीय तनावबाट पशुको बचाउ कसरी गर्ने ?
गर्मीमा पशुहरुका लागि छाँयाको व्यवस्था गरिनु पर्दछ । गमीमा पशुलाई २–३ पटक नुहाउने, एकै ठाउँमा धेरै पशुहरु नराख्ने आवास एवम् सुविधाको समायोजन गर्ने, पशुहरुका लागि स्वच्छ एवंरुपले पिउने पानीको व्यवस्था गर्ने जलसंसाधन रुको उचित प्रवन्धन एवं विहान चाँडै अनि साँझपख अवेरमा चराउने ।जलवायु तनावमा सोडिएम र पोटाशियम पुरकता ३० ग्राम प्रति हप्तामा दिने पशुहरुको परिवेशको नापमानलाई कम गरेर उष्मागत तनावलार्य क मगर्न सकिन्छ । पशुहरुको लागि प्राकृतिक एवं कृतिम छाँषको प्रावधान सबैभन्दा किफायत तरिका मध्ये एक मानिन्छ । पशुहरुका लाग छायादार गोठ निर्माण गर्ने यसका अतिरिक्त पशुहरुलाई आराम दिनका लागि अन्य तकिाहरुको प्रयोग पनि आवश्यक छन् जस्तै फोहोर कुलर पिस्ट पंखा पानीको टैंक तथा नुहाउने पोखरी आदिको व्यवस्था गर्नुपर्ने हुन्छ । पशुशालामा तातो लु हावाबाट बचाउन उपलब्ध सामान जस्तै जुट वा बोराको पदार्थको उपयोग गर्न सकिन्छ । गर्मी मौसममा हरियो घाँसको कमी हुने गर्दछ । जसको कमी पुरा गर्नका लागि सुख्खा भुस पराल भिजाएर तथा त्यसमा दाना एवम् खनिज मिश्रण मिसाएर दिनुपर्ने हुन्छ । गर्मीमा पशुहरुका लागि हरसमय ताजा एव्म स्वच्छ पानी उपलब्ध होस् । प्रायः यस्तो देखिएको छ कि यदि तापमान ३०–३५ सेल्सियससम्म बढेमा दुधारु पशुहरुमा पानीको आवश्यकता ५० प्रतिशतले बढेर जान्छ ।

जाडो मौसमको पशु उत्पादनमा प्रभाव ः
प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपले बढदो तापमान, अनियमित मनसुन भयंकर जाडो, असिना, जेज आवा आदि पशुहरुको स्वास्थ्य शारीरिक बृद्धि तथा उत्पादकतालाई प्रभावित गर्दछ । मौसममा तनावका कारण डेयरी पशुहरुको प्रजनन क्षमता कम हुँदै छ । परिणामस्वरुप गर्भाधारणदरमा पनि गरावट भई राखेको छ । जलवायु परिवर्तन प्रतिरक्षा प्रणाली कार्यक्षमतालाई नकारात्मक रुपले प्रभावित गर्दछ । यसबाट थुनेलो रोग, गर्भाशय सुनिनु तथा अन्य रोगव्याधिहरुको जोखिम बढ्दो छ । उष्मीय तनाव पशु उत्पादकतालाई प्रभावित गर्ने एउटा प्रमुख कारक मानिन्छ । कम वातावरणीय तापमानमा तेजीले बग्ने हावा पशुहरुका लागि अत्यन्त कष्टदायी हुन्छ जसले स्वास्थ्य, शारीरिक बृद्धि एवम् उत्पादकतालाई प्रभावित गर्दछ । जब जाडोमा तापमानमा गिरावट हुन शुरु हुन्छ या जव हाम्रा पशु ५ डिग्री सेल्सियस भन्दा तलको तापमानमा पुग्दछन् तब गाई प्रजातिको उत्पादकता एवम् दक्षतामा गहिरो प्रभाव पर्दछ ।

उष्मीय तनावबाट बचाव एवम उत्पादन बृद्धिका लागि उचित प्रवन्धन ः
पशुशालाको उचाई बीचबाट १५ फिट किनाराबाट १० फिट हुनु पर्दछ एवम् लम्बाई पूर्व पश्चिम दिशातिर हुनु पर्दछ । पशुशालाको बाहिरी छाना सेतो सिमेन्टले पोत्नाले सूर्यको किरण परावर्तित हुनेछ एव् पशुशालामा शीतलता बनिरहने छ । पशुशालाको वरिपरि रुखविरुवा रोप्नु पर्नेहुन्छ । पशुशालाको पर्खाल भित्ताहरुमा घुम्ने पंखा पनि लगाउनु पर्ने हुन्छ । पंखाको वरिपरि फोहोरो पनि लगाउनु उचित हुन्छ । पशुहरुलाई दिउँसो नुहाउने, टाटी वा जुटको बोराहरुको पर्दा लगाउने त्यसमा पानी छर्किने । चिसो एवम् स्वच्छ पिउन योग्य पानीको पर्याप्त व्यवस्था, पशुहरुलाई नुहाउने टैकको व्यवस्था, पशुहरुलाई विहान बेलुका चराउने एवम् घाँस पराल दाना दिने, राम्रो गुणस्तरको रेशायुक्त दाना आहाराले रुपेन एवम् पशुहरुको स्वास्थ्य ठीक राख्दछ । गर्मीको दिनहरुमा अधिक सांन्द्र मिश्रण दिनु पर्छ एवम् दिनमा ५ देखि ६ पटक चिसो पानी दिनु पर्दछ । पशु आहारमा उर्जा बढाउनका लागि दानाहरु एवम् बोसोयुक्त पदार्थहरुको उपयोग गरिनु पर्दछ । खनिज भिश्रण एवम् भिटामिन मिश्रणको प्रयोगद्वारा पनि उष्मीय तनावको प्रभावलाई क मगर्न सकिन्छ । ग्रीष्मघात भएको अवस्थमा पशुलाई पशुचिकितसकद्वारा उचित चिकित्सा उपलब्ध गराउनु पर्ने हुन्छ ।
हर्मोन चिकित्साको प्रयोगले उष्मीय तनावबाट प्रजनन क्षमतामा हुने कमीका कारण हुने आर्थिक क्षतिलाई धेरै क मगर्न सकन्छि । जुन पशुहरुमा ऋतुकालको अभिव्यक्ति हुन पाउँदैन । तीनमा ओव्युलेशन सिंक्रोनाइजेशन एवम् कृत्रिम गर्भाधान कार्यविधिको प्रयोग गरिनु पर्दछ । यसमा पशुलाई गोनेडोटोरोफिन रिलिजिङ्ग हर्मोनको समकक्ष रिसेप्टल या गायनारीच एवम् प्रोस्टाग्लैंडइनको समरुप प्रैग्मा वा वेटमेट इन्जेक्सनको प्रयोग चिकित्सकद्वारा गरिनु गराइनु पर्दछ । यसप्रकार ओबुलशन सिंक्रोनाइजेशनद्वारा पशुले ऋतुकालको अभिव्यक्ति नगर्दा पनि एउटा निश्चित समयमा कृत्रिम गर्भाधान गाउन सकिन्छ ।
उपरोक्त तथ्यहरुलाई ध्यानमा राखेर पशुलाई उष्मीय तनावबाट बचाएर उत्पादन क्षमता एवं प्रजनन क्षमतामा हुन सक्ने कमीलाई धेरै हदसम्म नियन्त्रित गर्न सकिन्छ ।