संकलक गणेश रोकाया

ज्वरो बढ्ने, रक्त अल्पता हुने, दुब्लाउँदै जाने तथा छालामा दाग देखिने रोगको रुपमा परिजित रोग मानिन्छ । जुन टिप्रासोम प्रजातिको पुच्छर भएका प्रोटोजन परजीवीका कारण हुन्छ । यो परजीवी रगत तथा शरीरका अन्य श्रावमा अवस्थित हुन्छ । यो रोग सर्रा, त्रिवर्षा, नामाना नामले पनि चिनिन्छ ।

कारक तत्व ः
यो रोग ट्रिपोनोसोमा इभान्साई नामक रक्त परजीवीको संक्रमणका कारण हुने गर्दछ । यो परजीवी लामो धागो आकारको हुन्छ । जसको शरीरमा पुच्छर जस्तो फ्लाजेला हुन्छ । यो शुक्ष्म जीवाणुहरु क्रियाशिल रुपमा चन्चले हुन्छन् । यो लाम्चो तीरबाट टुक्रिएर विभाजित हुने गर्दछन् ।

रोगको प्रभाव तथा विस्तार ः
यो रोग उष्ण तथा समउष्ण प्रदेशीय जलवायु भएका क्षेत्रमा बृहत्रुपमा वितरित भएको पाइन्छ । यो रोग मध्यपूर्व, सुदुरमध्यपूर्व तथा दक्षिणी अमेरिका तथा अफ्रिकामा उपस्थित भएको पाइन्छ । ट्रिपानेसोमहरु किट उत्पत्तित गाई, भैंसी, भेंडा, बाख्रा, सुंगुर, बंगुर, घोडा, गधा, उँट, कुकुरामा संक्रमण हुने रोग मानिन्छ । भारतमा यो रोग सर्वप्रथम इ.सं. १९१८ मा इभान्सले उँटमा पत्ता लगाएको तथ्य भेटिन्छ । यो रोग देखापर्दा गाई तथा बंगुरका बथान ७० प्रतिशत प्रभावित हुने गर्दछन् । यो रोग टावानस, हिमाटोपोटा, लाइ पेरोसिया, स्टानेमेकरी प्रजातिले पशुहरुलाई टोक्दा चुस्दा, ¥यालको माध्यमबाट भौतिक रुपमा प्रशारण गराउँदछ¥यालको माध्यमबाट भौतिक रुपमा प्रशारण गराउँदछन् । एकपटक रोग लागि निको भएका पशु स्थायी संवाहक भण्डारणका रुपमा रहिरहन्छन् ।

लक्षणिक तथ्यहरु ः
गाइ तथा भैंसीहरु प्रायः सुसुप्त लाक्षणिक रोग बोकेका हुन्छन् तनाव अन्य सहसंक्रमण, भुकमरी तथा कुपोषणको अवस्थामा रोगका प्रत्यक्ष लाक्षण देखाउँछन् । हलुका शरीरको बेला बेला तापक्रम बढ्ने बाहिरी भागका लिम्फनेडको आकार बढ्ने, हाड छाला भई दुब्लाउने, विस्तारै कमजोर हुँदै जाने, रक्त अल्पता हुने प्रायजसो देखिने लाक्षणिक तथ्यहरुमा पर्दछन् । यो रोगको प्रष्ट लाक्षणिक संकेत देखिन २ देखि ३ वर्ष समय लाग्दछ, त्यसैले यस रोगलाई तीन वर्षे रोग भन्ने गरिन्छ । लामोसमय बेला बेलामा विरामी परी दब्लाउँदै खिइदैजाने हुनाले रोगलाई सर्रा पनि भनिन्छ ।

शवको लल्यपरीक्षण गर्दा देखिने तथ्यहरु ः
सिनोमा प्रष्ट रक्र अल्पता देखिनु, हाड छाला भएको जीउभरी जलग्रह हुने, कलेजोको आधार बढेको हुनु, साथै फियो तथा लिम्फनोड पनि । मुटु वरिपरिको बोसो क्षय भएर गएको हुने, आँखा फुलो पर्ने जस्ता तथ्य देखिन्छन् ।

रोग निदान ः
रोगको विस्तृत विवरण तथा लक्षण तथा विरामीको रगतको प्रयोगशालाकृत परीक्षणमा यी सुक्ष्म परजीवी देखिनु रोग निदानमा सहयोगी मानिन्छ रोग पुष्टि गर्नका लागि ।

उपचार ः
काविनापाइरामिन सल्फेट, कविना पाइरामीन प्रोसाल्ट, डिमिनाजिन एसिटुरेट उत्पादकको सिफारिस अनुसारको मात्रा अवधि तथा औषधि लगाउने विधि अनुसार उपचार गर्न सकिन्छ । साथै साहयोगी उपचार पनि गर्दा विरामी चाँडै निको हुने गर्दछ ।

रोकथाम तथा नियन्त्रण ः
जतिसक्यो चाँडो रोग पत्ता लगाउने, रोग देखिएका पशुलाई स्वास्थ्य पशुबाट छुट्याएर बेग्लै राख्ने, उपचार तत्काल गर्ने, रोग देखिइ नसकेकालाई निरोधात्मक मात्रामा कविनापाइरामिन प्रोसाल्ट प्रयोग गरी रोकथाम गर्ने, यसका साथै झिंगाको टोकाइबाट पशुलाई बचाउन झिंगा नियन्त्रणका लागि सुरक्षात्मक उपाय अवलम्बन गर्ने, पशुको शरीर गोठभित्र, गोठ वरिपरि झिंगा मार्ने भगाउने उपयुक्त किटनाशक औषधि प्रयोग गर्ने ।