डा.केदार कार्की
एम.भि.एस्सी प्रिभेन्टिभ भेट मेडिसिन पब्लिक हेल्थ सेन्ट्रल लुजोन स्टेट युनिभर्सिटी फिलिपिन्स बरिष्ठ पशु चिकित्सक ः सेवा निवृत्त प्रमुख, भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर ।

पृष्ठभूमी ः
आजको युगमा हामी वैश्वीक तपन, जलवायु परिवर्तन वातावरणीय प्रदूषण्को माखेसाङ्लोमा अल्झिएका छौं । मानव समुदायले आजसम्म आर्जन गरेको एवम् विकाश गरेको ज्ञान, सीप, प्रविधि प्रदयौगिकीजस्ले प्रकृतिबाट उत्पन्न हुनसक्ने जिल्ला माथि सहजै बिजय प्राप्त गर्न सकिने विश्वास गरिएको थियो । विगत ३ पात्रो वर्षदेखि वैश्वीक स्तरमा फैलिएको कोभिड–१९ को महामारीले हाम्रा जनस्वास्थ्य एवम् आवासीय चिकित्साक्षेत्रमा हालसम्म उपलब्ध सबैखाले उत्तर आधुनिक ज्ञान सिप विधि एवम् प्रयोदयोगिकलाई वयसका क्षमता दक्षता एवम् उपादेयताको अन्तिम सिमा तोकिदिएको जस्तो छ । जसलेगर्दा मानव समुदाय कोभिड–१९को महामारीबाट कलिहे अनि सुरक्षित निस्कने हो भन्ने भेउ पाउन सकिरहेका छैनन् वश्वीक स्तरमा नै । यसैकालखण्डमा यस भारतीय उपमहाद्वीपमा ब्ल्याक फङ्गस अनि डेंगु जिकाले जनसमुदायलाई आक्रान्त गराएको बेला भारतको केरेला राज्यको बडनियान क्षेमा महामारी कै रुपमा ठूलो जनसमुदाय नेरो भाइरसको संक्रमणमा परेको खबर छापाका सबैखाले माध्यमममा छ्यापछ्याप्ती देखिदा जनस्वास्थ्यकर्मी विद एवम् आवाशीय उपचार सेवामा लोगका चिकित्साकर्मी त चिन्तित हुने नै भए । जुन साधारणलाई यस रोगका बारे पूर्वसचेतना गराउनु यस रोग देखापर्न एवम् देखिएमा मानवीय क्षती न्यून गर्न जनस्वास्थ्य शिक्षाको आधारभूत दर्शन मानिन्छ । भनिन्छ उपचार से रोकथाम भला ।

के हो त नोरो भाइरस ?
वैश्वीकस्तरमा झाडापखाला वान्ता तीक्ष्णरुपमा गराउने कारकको रुपमा नोरो भाइरसलाई लिइन्छ । खानेकुरा अनि पिउने पानीको माध्यमबाट यो सजिलै सर्दछ अनि जनसमुदयाको स्वास्थ्यमा ठूलो प्रभाव पार्दछ । नोरो भाइरसलाई इ.सं. १९७२ मा अमेरिकाको ओहोवा प्रान्तको नोरवाक शहरमा देखापरेको एवम् प्रयोगशालाकृत पुष्टि भएकोले उत्पत्तिका आधारमा शुरुमा नोरवाक भाइरस भनियो । संयुक्त राज्य अमेरिकामा प्रतिबर्ष औसत १९ मिलियनदेखि २१ मिलियन जनसमयदायमा यसले असर गर्ने गरेको तथा ४५०००० भन्दा बढी मानिस अकस्मिक चिकित्सा सेवा कक्ष जाने गरेको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल संस्थको अभिलेखमा पाइन्छ । यसले वर्षएभरि हुने खाद्यजनित हुने स्वास्थ्य जटिलताको आधा हिस्सा ओगटने गरेको तथ्याङ्ग पाइन्छ । नोरो भाइरसका धेरै प्रकारहरु छन् एक प्रजातिबाट संक्रमित भईइ स्वास्थ भइ बाँचे पनि अर्को प्रजातिबाट संक्रमित हुनपुगे सुरक्षित भइदैन । यद्यपि नोरोभाइरसले बर्षेभरि संक्रमण गर्ने भए पनि जाडोको बेला भने बढी सक्रिय हुने गर्दछ । यसको संक्रमणलाई कहिलेकाहीँ विन्टर भोमिटिङ्ग बग भन्ने गरिन्छ । सथै खाद्य विषाक्तता पनि किनभने यो सन्दुषित खानेकुराको माध्यमबाट सर्छ ।

नोरो भाइरस संक्रमणमका लाक्षणहरु ः
यदि मानिसलाई नोरोभाइरसको संक्रमणम भयो भने सामान्य अवस्थादेखि पूर्ण अस्वस्थताको अवस्थामा संक्रमण भएको १–२ दिन मै पुग्ने स्थिति हुन्छ । यस संक्रमणका टड्कारो लक्षणरुमा प्रयाजसो बालबालिकामा वाक वाकी लाग्ने, वयस्कहरुमा भने पातलो पानीजस्तो पखाला लाग्ने तथा पेट दुख्ने, बटारिने गर्दछ । त्यसबाहेक हल्का ज्वरो आउने, जाडो लाग्नु, टाउको दुख्ने, मांसपेशी दुख्ने, थकाइ लाग्ने, शिथिल हुने गर्दछ । धेरैजसो यी लक्षणहरु त्यति गम्भीर हुँदैनन् तर झाडापखालाले गर्दा शरीरबाट जल विग्रहित हुनेहुँदा शरीरमा जल अल्पता हुने गर्दछ, वयस्क एवम् बालबालिकाहरु बढी सम्बेदनशील एवम् ग्रहणशील हुने गर्दछन् साथै कुपोषणको शिकार पनि । संक्रमित जनसमुदायबाट ८ हप्तासम्म यो भाइरस प्रभावित हुन सक्दछ जसलेगर्दा अरु मानिसमा रोग परिचरन हुन सक्दछ । यद्यपि यस रोगको जनन एवम् संक्रमण क्षमता भने न्यून हुँदै जान्छ । धेरैजसो अवस्थामा यस संक्रमणमुक्त भएको अवस्थामा ४८ घण्टा पछि नियमित दैनिक कार्यमा संलग्न हुन सकिन्छ तर खाद्यय उद्योगमा संलग्न कामदारहरुलाई भने ७२ घण्टा पछि मात्र काम गाउनु पर्छ ।

नोरो भाइरस संक्रमणका जोखिम विन्दु ः
सन्दुशित खानेकुरा एवम् पेयपदार्थहरु खानाले मानिसहरु नोरो भाइरसबाट संक्रमित हुने गर्दछन् । काँचो वा अध्कल्चो समुद्री आहार, काँचो फलफूल एवमु तरकारीहरु पनि कुनै कुनै संक्रमणमा सम्मिलित भएको पाइ्रन्छ । नोरो भाइरसबाट संक्रमित एवम् सन्दुषित वस्तुहरु सतहहरु छोएर निसंक्रमण नगरी आँखा, नाक, मुख छुँदा पनि यो भाइरस सर्न सक्दछ । नोरो भाइरस साँगुरो ठाउँहरुमा राम्रोसित फस्टाउँछ । रेष्टुरेन्ट, डे केयर सेन्टर, नर्सिङ्ग होमहरुबाट यो भाइरस चाँडै फैलन्छ । यो भाइरस सतह एवम् पानीमा विषम तापक्रममा पनि बाँच्न सक्दछ । जसै मानिस यस भाइरसबाट संक्रमित हुन्छ भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा भाँडाकुँडा, साझा खानेकुरा, हात मिलाउँदा वा अनय नजिकको संपर्कबाट फैलिन्छ । वान्ता गर्दा हावाको माध्यमले भाइरस सतहमा सर्दछ त्यसैगरी दिशाबाट पनि सर्दछ । कलिला बालबालिका एवम् बयस्कहरुमा प्रतिरक्षा प्रणाली कमजोर हुनेहुँदा बढी सम्बेदनशील हुन्छन् संक्रमणका लागि । यसका विषाणुहरु विरामी सांकेतिक लक्षणहरु देखिनुभन्दा पहिले नै प्रवाहित हुनेहुँदा संक्रमणको परिचरण रोक्नभने त्यति सहज छैन ।

रोगको निदान ः दिशा परीक्षणबाट याने रोगको पुष्टि गर्न सकिन्छ, संक्रमणको संका लागेमा ।

उपचार ः अरुखाले भाइरस संक्रमण जस्तो नोरो भाइरसको उपचार उपलब्ध छैन, एन्टीवायोटिकले कुनै लछापछार लगाउँदैन पनि । राम्रो स्याहारसुसा, शुद्ध सफा, पोषिलो आहार एवम् प्रशस्त निर्जलिकरण भएमा रोग ३ दिन पछि हराएर जान सक्दछ ।

नोरो भाइरसको संक्रमण जटिलता ः
प्रायजसो विरामीहरुमा कुनै किसिमको समस्या लामो समयसम्म देखिदैन । तर प्रतिरक्षक प्रणाली कमजोर भएका बालबालिका, बयस्कमा भने जलविग्रहकाकारण जलल्पता हुन सक्दछ । जसलेगर्दा उभिँदा रिङ्गटा लाग्ने, मुख सुख्खा हुने, निद्रा खलबलिने, आँसु झारी रुने कराउने, आलस्य हुने, छटपटी लाग्ने जस्तो हुन्छ । जलअल्पता हुनबाट रोक्न प्रशस्त पानी एवम् ताजा फलफूलको जुस, अनि खासगरी बालबालिकाहरुलाई ओरल डिहाइड्रेशन सोलुशन, जीवनजल क्षती भएको पानी एवम् इलेक्ट्रोलाइट सोधभर्ना गर्न दिनुपर्दछ । गुलियोयुक्त पेय पिउनुहुँदैन । पखाला अझ गम्भीर बनाउला रक्सी तथा कोफिनयुक्त पेयपदार्थको सेवन नगर्ने जस्ले जलविग्रहलाई प्रोत्साहित गर्नेछ । गम्भीर अवस्थाको जलविग्रहको स्थितिमा रगतको नशाबाट निर्जलिकरण गर्नु पर्ने हुन्छ ।

नोरो भाइरसको संक्रमणबाट बच्ने कसरी ?
राम्रो स्वच्छता नोरो भाइरस रोक्ने अचुक उपाय मानिन्छ जव तपाई मानिसहरुको भिडभाडमा हुनुहुन्छ । दिसा पिसाव गर्नु अघिपछि बच्चाहरुको डाइपर बदलिदा, खाना पकाउनु अघि खाना खानु अघि साबुन पानीले कम्तीमा २० सेकेण्ड हात धुने । अल्कोहल आधारित सफाइका साधन साबुन पानी भन्दा प्रभावकारी हुँदैनन् । सन्दुषित सामाग्रीहरु सावधानीपूर्वक तह लगाउने, तरकारी, फलफूलहरु राम्रोसित पखाल्ने गर्नुपर्दछ । सामुद्रीक भोजन आहार राम्रोसित पकाएर खानुपर्दछ । भुँइ सतहहरुलाई क्लोरिन एवम् डिटरजेन्ट मिश्रणले राम्रोसँग नियमित सफा गर्नुपर्ने हुन्छ ।
यदि तपाई संक्रमित हुनुभयो भने संक्रमणमुक्त भएपछि पनि २–३ दिनसम्म आफैं खाना नपकाउनुहोस् साथै शंकास्पद संक्रमितले पकाएको खाना पनि नखानुस । अफु बाँचे संसार देखिन्छ आफु मरे त डुमै राजा ।