काठमाडौं १६ -एनआईसी एशिया बैंक लिमिटेडले ग्रामीण तथा पिछडिएका जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । सोहि क्रममा बैंकले चौैंथो शाखारहित बैंकिङ्ग सेवा घट्टाबजार, गोदक, इलामबाट संचालनमा ल्याएको छ । 

सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन इलाम नगरपालिका, वडा नं. १० का मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ ।साथै, बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८७ शाखा सहितनिजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १९० एटिएम सहित मुलुककै सबैभन्दा वढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३८५ भन्दा बढि भौतिक सञ्जाल मार्पmत् बैकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ  ।

зубной имплантаткруглосуточная стоматология