पशुपालनबाट पशुपालकलाई आर्थीक लाभ हुनुका सार्थै खाद्यय उवं आर्थिक सुरक्षा पनि हुने गर्दछ । पशुहरुको उत्पादन क्षमतामा जीवाणु विषाणु बहेक परजीवीजनीत रोग व्याधीको अत्याधीक प्रभाव पर्दछ । परजीवी जनीत रोग ब्याधीहरु मध्ये पशुको पेटमा पाइने जुका नाम्लेका कारण पशुहरुमा भोक कमलाग्ने, एनीमीया पोषक तत्वको कमीले गर्दा दुध उत्पादनमा कमी प्रजनन क्षमतामा हस एवं समयानुसार उपचार नपाए पशुको मृत्यु समेत हुने गर्दछ । जसको कारण पशुपालकहरुलाई एवं अपरोक्ष रुपमा मुलुकलाई प्रति वर्ष लाखौ करोेडौं को क्षती हुने गर्दछ । मानिसको अपेक्षा पशुहरुमापेटका कृमिहरुकोप्रकोप बढीहुने गर्दछ किनभने पशुहरुले प्रायः काचो खाने कुरा खाने गर्दछन् । पेटका नाम्ले जुका जस्ता कृमीहरु सर्वप्रथम धेरै कम संख्यामा हुने गर्दछन् फेरी विस्तारै विस्तारै यीनको संख्या बढ्दै जान्छ र कृमिको दुष्प्रभाव पशुहरुको स्वास्थ्यमा प्रष्ट रुपमा देखिन थाल्दछ । आजभोली धेरै जसो शहरमा मानिसहरु कुकुर पाल्न आर्कषित भइ रहेको पाइन्छन् । तर कुकुरको शरीरमा पाइने कृमिका कारण कुकुरको शरीरमा कुप्रभाव गराउछन् । पशुहरुको पेटमा पाइने कृमिहरुलाई मुख्यतः तीन वर्गमा बाडिएको छ । समतल कृमी वाफलुक, फैसीयोला वा लीवर फलुक डियम केनाइनम आदी एवं गोली कृमीवाटेप वर्म मोनीजीया डायपायलि हेमोन्कस,एन्काइलो स्टोमम कनाइनम ओएसोफेगो स्टोमम ।
गाई भैसीको प्रमुख कृमि जनीत रोग एव यीनको रोकथामः
१) फेसीयोलोसीस ः यो रोग एक प्र्र्रकारको चेप्टो कृमि फेसीयोला प्रजातीको कारणले हुन्छ । जुन प्रभावीत पशुको पित्त नलीमा पाइन्छ ।
रोगको लक्षण ः प्रभावित पशुमा भोककम लाग्ने, पाचन प्रकृयामा हुनेगडवडिका कारण पहिले गोवर गोटा पर्ने पछि गएर गन्हाउने पातलो छेर्ने, रगतको कमी, मुखको तल्लो भाग सुन्नीने –वोटल जौ) दुध उत्पादनमा कमी हुने पशु विस्तारै दुब्लाउदै गई हाड छाला मात्र भइ नाम्लो जसे भेप्टो हुने हुदा रोगलाई नाम्ले पनि भनिन्छ । उपचार उचित नपाये मृत्यु हुने ।
२) एम्फीस्टोमियोसीम ः यसलाई छोरा या गील्लर पिटटको रोग पनि भनिन्छ । यो रोग पशुहरुको रुमेनमा पाइने नाशपाती आकारको कृमी पारएम्फीस्टोमम सरवाई परजीवीको अपरिपक वअवस्थाको आन्द्रामा उपस्थीतीको कारण हुने गर्दछ ।
रोगको लक्षण ः तीब्र गन्हाउने छेर्ने शरीरमा जलअल्पता हुने छिन छिनमा पानिपियुने रगतको कमी हुने चिउडो तलतीरको भागमा पानि जम्ने दुध उत्पादनमा कमि हुने चाडै राम्रो सीत उपचार नगरेमा मृत्यु हुने ।
३) नेजल मोनुलोमा ः यसलार्य नकरा रोग स्नोरीग रोग पनि भनिन्छ । यो सिस्टोसोमा नेजेलीस नामक खुनी फलुक परजीवीको नाकको रगतको नशामा अवश्थीती हुने कारणले हुने गर्दछ । यस रोगको प्रकोप भैसीमा भन्दा गाई गोरुमा बढी हुने गर्दछ ।
रोगको लक्षण ः प्रभावीत पशुको नाकमा फूलगोभी आकारको घाउ हुनु नाकबाट बाहिर निस्कने सास फेर्न गाहो हुने जस्ले गर्दा टाढैबाट सासफेरेको आवाज सुनीने गर्दछ । दुध उत्पादनमा कमी तथा शारीरीक श्रम कार्य क्षमतामा कमी हुनु ।
फसीयोलोसीस, एम्फीस्टोमियोसीस तथा नेजल ग्रेनुलोमा रोगहरुको प्रसार यी रोगको प्रसारमा जलीय शंखे किरा प्रजाती इन्डोफ्ल्लोनोरबीस जुन सानो डिस्कको आकारको तथा लिमनीया जुन सिंगको आकारको जस्तो लाम्चो परी बटारीएको जुन पानिमा उल्टो पाल्टो गरी घरिन्छको माध्यमबाट हुन्छ । फेसीयोलोसीस एवं एम्फी स्टोमियोसीस रोगबाट प्रभावीत पशुको गोवर सँग कृमिको अण्डा बाहिर निस्केर विकशित भई मिरासीडियम लार्वा वन् छ । जुन शंखे किरामा प्रवेश गरी दोश्रो लार्वा वन्द छ र सरकेरीया लार्वाको रुपमा बाहिर जलीय घासमा टाँसिएर मेटा सरकेरिया सिस्ट वन्द छ । यसरी सीस्ट संक्रमित घास चर्दा मेटासरकेरीया पशुको शरीरमा पुगेर रोग उत्पन्न गारउँछ । सिस्टोसोमा नेजेलीस परजीवाट प्रभावीत पशुको नाक बाट कृमीकोअण्डा बाहिर निस्केर विकशीत भइ मिरासिडियम लार्वा बन्दछ । जुन शखे किरामा पुगी दोश्रो लार्वा बन्दछ र फेरी सरकेरिया लार्वाको रुपमा बाहिर निस्केर जलीय घासमा टांसिएर मेटा सरकेरिया सिस्ट वद छ । यसरी सिस्ट संक्रमित घासचर्दा मेटा सरकेरीया पशुको शरीरमा पुगेर रोग उत्पन्न गराउँछ । सिस्टोसोमा नेजेलीस परजीवाट प्रभावित पशुको नाकबाट कृमीको अण्डा बाहिर निस्केर विकशीत भइ मिरासिडियम लार्वा बन्दछ । जुन शंखे किरामा पुगी दोश्रो लार्वा वन्दछ र फेरी सरकेरिया लार्वाको रुपमा बाहिर निस्केर पानीमा तैरीन्छ र पशु जस्तै सरकेरीया लार्वाको संम्पर्कमा आँउछ सरकेरीयाले पशेको छाला छेडेर शरीर भित्र प्रवेश गर्दछ । अनी रोग उत्पन्न गराउँछ ।
रोगथाम ः फेसीयोलोसीस एवं एम्फीस्टोमियोसीस रोगहरुको रोकथामको लागी अकसीक्लेजानाइड १ ग्राम प्रति १०० केजी पशुको शारीरिक तौल र नेजेल ग्रेनुलोमाको लागी सोडियम एन्टीमोनी टारटरेट २० मि.लि. (एम.एल) एक सप्ताहरुको फरकमा तीन पटक पशु चिकित्सकको निगरानीमा दिनु पर्दछ ।
४) एस्केरीओसीस ः गाई भैसीमा एस्केरिओसीस रोग टोकसो कारा विटुलोरम नामक गोलो कृमिको संक्रमण द्धारा हुने गर्दछ ।
यो कृमी सेतो पारदर्शक एवं दुधको रंगको हुन्छ । यस जुकाको लम्वाई लगभग ३० से.मी. हुन्छ । मुख्यत ः यो जुका वाच्छा, पाडीको सानो आन्द्रामा पाईन्छ । यो रोग प्रति ६महिना सम्म उमेरका वाच्छापाडी बढी सुग्राही हुने गर्दछन् । यसकारण भैसीका पाडा पाडी गाईका वाच्छा बाच्छी को अपेक्षा बढी मृत्युका शिकार हुन्छन् । यस रोगबाट प्रभावित विरामीमा माटो रगको पातलो गन्हाउने झाडा पखाला लाग्दछ, पाडा बाच्छाको शारीरिक वृद्धिमा कमी हुने छाला फोस्रो हुने पेट मादलको जस्तो देखिने दाँत कटकटयाउने कहिले मुर्छा परी भुइमा बजारीने छटपटाउने हुन्छ । एस्केरिओसीस को उपचार, यस रोगको उपचारको लागी पिपराजिनझोल औषधी (४५ प्रतिशत) ४ एम. एल प्रती १० केजी वा ५–१० मि.ग्रा फेनबेन्डाजोल प्रति किलोग्राम पाडा बाच्छाको शारीरिक तौल अनुशार दिनु पर्दछ ।
बाख्रामा देखिने प्रमुख कृमी जन्य रोग तथा यीनको उपचार ः
बाख्राको शरीर भीत्र धेरै प्रकारका जुका नाम्ले पाइने गरिन्छ जस्तै फेमीयोला , एम्फीस्टोम सिस्टोसोमा नेजेलीस मोनोजीया, टाकसो कारा मिटुलोरम, हिमोन्कस ओएसोफेगोस्टोमम आदी । यी जुका मध्ये सवै भन्दा बढी प्रकोप बाख्रा प्रजातीमा हिमोन्कस कंटोरटस प्रजातीको हुन्छ यो जुका वाख्रा प्रजातीमा हिमोन्कस कंटोरटस प्रजातीको हुन्छ । यो जुका बाख्राको चर्तुथ अमाशयमा पाइने गोलो जुका भएकोले यसलाई आमाशय कृमीको नामले पनि चिनिन्छ । ओएसो फयागोस्टोमम जुका जुन बाख्राको ठुलो आन्द्रामा पाइन्छ । हिउदको चिसोमा बाख्रालाई बढी प्रभावित गर्दछ ।
हिमन्कोस कृमीको फैलाव ः हिमोन्कस जुका बाट प्रभावित वाख्राको बडकुला सँगै मिसिएर यस जुको फूल बाहिर खाउँछ र प्रथम द्धितिय एव तृतिय अवस्थाका लार्वामा परिवर्तित भएर घास डाले घासमा बसी राख्छ जव अर्को बाख्राले त्यस्ता घाँसडाले घास खान्छन् घास डाले घास सँगै रोग फैलाउने लार्वा वाख्राको शरीरमा प्रवेश गरी हिमोन्कोसीस रोगको कारण वन्द छ । पोथी हिमोन्कस कृमी नाइको छुरी जस्तो देखन्छ ।
हिमोन्कोसीस रोगको लक्षण ः हिमोन्कस कोन्टोरटस मुख्यत रगत चुस्ने जुका मानिन्छ । यो जुका बाखौको शरीरमा बस्दा ०।०५ एमएल रगत प्रतिजुका कारण कमी हुने गर्दछ । यस्का कारण वाख्रामा रगतको कमी, वाख्राको चिउडा मुनी जलीय सोध वा सुन्नीने भोक कम लाग्ने वाख्रा विस्तारै दुब्लो हुदै कमजोर हुने वडकुलाको रग कालो हुने तथाअन्तमा उत्स्तावरण का कारण मुत्यु हुने ।
कृतिमहरुको पशुस्वास्थ्यमा पर्ने दुष्प्रभाव ः
भोक कम लाग्नु, एवं पशु विस्तारै कमजोर हुदै जानु, पाडा वाच्छामा शारीरिक वृद्धिको कमी पाँट वेली छाला चमक हिन हुने छाला सुख्खा एवं मोटो हुने , कहिले काहि टोकसोकारा को अन्याधिक संख्यामा संक्रमण भएमा आन्द्रामा अवरोध हुने र अन्तमा आन्द्रा फुटी मृत्यु हुने गर्दछ । लग वर्मका कारणपशुलाई लामो समयम सम्म सुख्खा खोकी लाग्ने तथा सास फेर्न गाहो हुने । पशुको गोवर बडकुला पहिले गोटा पर्ने त्यसपछि पातलो झाडा पखाला हुने या पातलो पिचकारी हाने जस्तो गरी छेर्ने । जस्कोकारण पशुको शरीरमा जलअल्पता हुने गर्दछ । सीस्टोसोमा नेजेलीसको कारण गोरुमा नकरा रोग लाग्ने गर्दछ । यसका कारणले दुधालु गाइमा भने दुध उत्पादनमा कमी तथा काम गर्ने पशुमा हलो जोने तथा भारी तान्ने वोकने क्षमतामा दुष्प्रभावपर्छ । पशुको चिउडोको वंगाराको वीचकोभाग पानि भरिएर सुन्नीने । सिस्टोड कृमीको सिस्टको कारण शरीरको प्रभावित अंगको बृद्धिमा अवरोध पातलो छेर्ने पेटदुख्ने दुर्वलता हुने गर्दछ । नाम्ले जुकाले पशुको शरीर बाट नै आफ्नो भोजन ग्रहण गर्दछन् । परजीवीले भोजनको रुपमा पशुको शरीरबाट पोषक तत्व तथा रगत चुस्छन् । एउटा लीवर फलुकले ०.५ एम. एल हुक वर्मले ).१ एम.एल हिमोन्कसले ०.०५एम.एलरगत प्रतिदिन चुस्ने गर्दछन् ।यस्कोकारण पशुको शरीरमा रक्त अल्पता हुने गर्दछ । पोष्क तत्व पानीकोकमि एनीमिया का कारण दुधालु पशुमा दुध उत्पादन कमी हुने तथा काम गर्ने पशुमा हलो जोतने भारी वोक्ने क्षमता कम भएर जान्छ । पोथी पशुकोपेटमा नाम्ले जुका को संक्रमण भएको कारण पशुले ढिलो गरीबाली खोज्छन् या वाँझो रही रहन्छन् । जस्ले गर्दा पशुबाट वाच्छीपाडी तथा दुध उतपादन ढिलो गरी हुने गर्दछ । परजीवीको कारण पशुको शारिरिक तौल बढदैन जस्को प्रभावमासु उत्पादन कम भएर जान्छ । परजीवीका कारण पशुको मृत्यु दुने गर्छ सार्थै पशु कमजोर हुने हुदा अन्य खाले संक्रमक सरुवा रोगको संक्रमणको जोखीममा रहन्छन् ।
रोकथाम ः पशुको पेटको नाम्ले जुका उपचार गर्न पशुपालकलाई अत्याधीक आर्थिक क्षति हुने गर्दछ । समयाुसार यस्को रोकथाम गर्दा पशुको उत्पादन क्षमतामा पर्ने दुष्प्रभाव तथा पशुपालकलाई यस्को उपचारमा हुने खर्च लाई धेरै हदसम्म कम गर्न सकिन्छ । पेटको जुका नाम्लेको रोकथामका लागी निम्म बमोजिम गर्न सकिन्छ ।
१) पशुपालन गर्ने फार्म गोठको भुइ तथा पशुलाई सफा सुग्घर एव सुख्खा राख्नु पर्छ जस्ले गर्दा नाम्ले जुका को संक्रामक अवस्था हुर्कन पाओस । पशुपालक कृषकले आफुले पालेको पशुको गोवर प्रत्येक तीन तीन महिनामा परिक्षण गराउनु पर्दछ । एस्केरीस बाट वचाउन वच्चा जन्मेको २१ दिनमा जुकाको औषधि खुवाउने त्यस पछि ६महिनाको उमेर सम्म प्रत्येक महिना औषधि खुवाउने, नाम्लेको लागी औषधि वर्षा सुरु हुनु भन्दा पहिले तथा जाडो शुरु हुनु भन्दा पहिले वर्षको दुइ पटक खान दिने । गाइ भैसीमा नाम्ले जुकाको औषधि पहिलो वर्ष प्रत्येक महिना, १ वर्ष देखि २ वर्ष सम्म प्रत्येक २ महिनामा त्यस पछि प्रत्येक तीन महिनामा दिनुपर्छ । भेडा बाख्रालाई पहिलो ४ सप्ताहमा फेरी ८ र १२ सप्ताहमा दिने, पाका वाख्रालाई प्रत्येक २महिनामा दिनु पर्दछ । बाली लगााउन भन्दा पोथी पशुलाई नाम्ले जुकाको औषधि खुवाउने । औषधि खुवाउदा वथानका सवै पशुलाई एकै पटक खुवाउने । साना वाच्छा पाडी पाढापाढीलाई माउ भन्दा वेग्लै राख्ने गर्नु पछए । यदि एउटै चरनमा भेडा वाख्रा गाइ भैसी चराउन प¥यो भने पहिले वाख्रा त्यसपछि भेडा त्यस पछि गाइ भैसी चराउने । पशुलाई आवश्यक पोष्क तत्व सहितको संतुलित दाना आहारा दिनुपर्छ । पशु राख्ने खोर गोठ घरको भुइतलमा जम्मा हुने मलमुत्र सोतर स्याउला राम्रो सीत नियमीत निकाली भुइतलालाई फिनायल पानिले सफा गर्नुपर्छ ।