काठमाडौं , १६ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणवारे सत्तारुढ दलकै सांसदले सदनमा जानकारी माग गरेका छन् ।

प्रधानमन्त्री आलीले भारत भ्रमण गर्न लागेको कुरा पत्रपत्रिका मार्फत थाहा पाएको भन्दै सत्तारुढ माओवादी केन्द्रका सांसद प्रभु साहले सदनमा जानकारी माग गरेका हुन् ।

‘प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कुरा सुनिएको छ । के एजेण्डा हो हामीलाई थाहा छैन ?’ सांसद साहले सदनमा भने, ‘राष्ट्रिय सहमतिको साथ प्रधानमन्त्री भारत भ्रमणमा जानु भयो भने राम्रो हुन्छ ।’

भारतीय सञ्चार माध्यमहरुले फागुन २३ गतेदेखि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्ने तय भएको लेखेका थिए । प्रधानमन्त्री ओली चैत्र २३ गतेदेखि भारत भ्रमणमा जाने चर्चा चलेपनि अहिलेसम्म सरकारले औषचारिक घोषणा गरेको छैन् ।класс харьковкупить тиц