क्वालिटी ह्याचरी प्रा.लि. ले मुलुकमानै पहिलो पटक विकसित उच्च नश्लको लोकल प्रजातीको प्यारेण्ट स्टक चल्ला उत्पादन गर्ने भएको छ। चल्ला उत्पादन गर्ने उद्देश्यले फ्रान्सबाट सासो ग्राण्ड प्यारेन्ट आयात गरेको क्वालिटी ह्याचरीले जनाएको छ। ​

स्वदेशमानै लोकल प्रजातिको सासो प्यारेण्ट स्टक चल्ला उत्पादन हुने भएपछि विदेशबाट प्यारेण्ट स्टक चल्ला आयात गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट मुक्त  हुनुका साथै हाल बजारमा स्थानीय स्तरमा विकास गरिएका लोक प्रजातिको प्यारेण्टबाट भन्दा बढी संख्यामा र गुणस्तरीय चल्ला उत्पादन भई ह्याचरी तथा कृषकहरु लाभान्वित हुने कम्पनीको विश्वास छ।

यस क्रममा फ्रान्सको सासोबाट नेपाल आएका उक्त कम्पनीका टेक्निकल डाईरेक्टर डा. एचविन बेलेकले काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भई विभिन्न ह्याचरी एवं कृषकहरुलाई सासो चल्लाको विविध पक्षबारे जानकारी गराए। कम्पनीले २०७९ वैशाख महिनाबाट प्यारेण्ट चल्ला उत्पादन शुरु गर्ने लक्ष्य लिएको समाचार नेपाल खबरले सम्प्रेषण गरेको छ।