स्वास्थ्यकर्मी नै कडा टीबीको जोखिममा

काठमाडौं, १६ चैत – मुलुकमा बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) ले हालसम्म उपचारमा संलग्न २१ स्वास्थ्यकर्मीकै मृत्यु भएको छ ।

सात वर्षयता बिरामीको उपचार र प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको एमडीआर टीबी सरेर मृत्यु भएको हो । हालसम्म एमडीआर टीबीले २१ स्वास्थ्यकर्मीको मृत्यु भएको छ, राष्ट्रिय क्षयरोग केन्द्रका कन्सल्टेन्ट चेस्ट फिजिसियन डा.नवीनप्रकाश शाहले भने, बिरामीको सम्पर्कमा रहँदा उनीहरुलाई रोग सरेको हो ।

यो रोगको जोखिममा स्वास्थ्यकर्मी मात्र होइन, सार्वजनिक सवारीसाधन प्रयोग गर्ने सर्वसाधारणसमेत रहेको चिकित्सकले औंल्याएका छन् । रोग प्रतिरोधक क्षमता उच्च रहेकोमा सामान्य क्षयरोग सर्दैन तर एमडीआर/एक्सडीआर टीबी सर्न सक्छ सामान्य क्षयरोगको उपयुक्त उपचार नगरे वा बीचमै औषधि उपचार छाडे एमडीआर टीबी हुन सक्छ । आजको कान्तिपुृरमा खबर छ ।

карповые оснасткисабо турция

Leave a Reply

Your email address will not be published. Required fields are marked *