गोरखापत्र संस्थानको निरीक्षणका क्रममा बिहिबार उहाँले संस्थानलाई निजी संस्था सरह आत्मनिर्भर बनाउने गरी जिम्मेवारपूर्ण ढङ्गबाट काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

“राजनीतिक अस्थिरताको अन्त्यसँगै मुलुक समृद्धिको बाटोमा अगाडि बढेको छ, त्यसैले गोरखापत्र संस्थानलाई अगाडि बढाउन आजकै दिनदेखि सबै मिलेर एक मतका साथ काम गर्न जरुरी छ”–राज्यमन्त्री बाँस्कोटा भन्नुभयो ।

निरीक्षणमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी पनि हुनुहुन्थ्यो । सो अवसरमा संस्थानका अध्यक्ष गोविन्द पोखरेल, महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, गोरखापत्र दैनिकका सम्पादक निर्मलकुमार आचार्यले संस्थानका प्रकाशन तथा गतिविधि बारे राज्यमन्त्री बाँस्कोटालाई जानकारी गराउनुभयो ।

продвижение сайтов9.3×74 ammo