काठमाडौँ । सरकारले नेपालीहरूको महान पर्व वडा दशैँको बिदा कटौती गरेको छ । सदिऔँदेखि दिँदै आएको बिदा कटौती गर्दै सरकारले अघिल्लो वर्षको तुलनमा २२ दिन बिदा कटौति गर्दै २०७५ सालमा ८९ दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जसअन्र्तगत वडा दशैँमा १० दिन बिदा दिइँदै आएकामा अब जम्मा ७ दिन मात्र बिदा दिने निर्णय केपी ओली सरकारले गरेको छ ।दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमा दिइँदै आएको बिदा कटौती गरिएको छ । त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गरिएको छ । यसैबिच सरकारले वर्षमा कुले २२ दिन बिदा कटौती गरेको छ ।कटौती गरिएका बिदामा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस पनि परेका छन् । अब संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइने छ अन्य कुनै पनि दिवसमा सार्वजनिक बिदा नदिने निर्णय ओली सरकारले गरेको छ ।воблеры usamiперелет в доминикану цена