काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलले मस्यौदा प्रतिवेदन आज तयार पार्ने भएको छ ।

एमाले नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदलले बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको हो । त्यसको लागि बैठक बस्ने तयारी भएको संयोजक नेपालको निजी सचिवालयले जनाएको छ ।
एमाले नेता नेपाल नेतृत्वको कार्यदलले राजनीतिक विषय समेटिएको प्रतिवेदन दफाबार छलफलपछि मात्र पारित गर्ने निर्णय गरेको हो ।

पार्टी एकता संयोजन समितिले फागुन ७ गते १५ दिनको कार्यावधिसहित नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल गठन गरेको थियो तर समयमा नै प्रतिवेदन तयार नभएपछि फागुन २५ गते कार्यदलको समयसीमा चैत ५ गतेसम्म थप गरिएको थियो ।

समाजवाद उन्मुख राजनीतिक कार्यदिशा, माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तबारे टुंगो लागिसकेको छ । जबज र एक्काइसौँ शताब्दीको जनवादसहित नमिलेका विषय एकता महाधिवेशनबाट टुंग्याउने सहमति भइसकेको छ । कार्यदलका सबै सदस्यबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार भइसकेकाले आजको बैठकले अन्तिम रूप दिने तयारी छ ।

कार्यदल स्रोतका अनुसार पार्टीको नाम र चुनाव चिन्हका विषयमा सहमति नभए पनि अन्य विषयमा एकताका लागि सहमति भइसकेको छ ।

временные коронки фотоднепропетровская зимняя обувь