काठमाडौं  १५ चैत – सरकारले कटौती गरेको सार्वजनिक विदाको विषयमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले १ सय ६२ वटा भन्दा बढी दिन विदा हुने गरेको भन्दै बुधबारको मन्त्रिपरिषद बैठकले २२ दिन बिदा कटौती गरेको हो ।भट्टराईले ट्वीट लेख्दै अब रातो पासपोर्ट बाहकको संख्या घटाउन, भीआइपीहरुका लागि सुरक्षाकर्मी कम गरी गुणस्तरीय बनाउन सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘विदा कटौती गर्ने सरकारको निर्णय सकारात्मक छ ! अब रातो पासपोर्टधारीको संख्या बढाउनुसट्टा घटाउने:  VIP लाई सुरक्षाकर्मी कम (बरू गुणस्तरीय) गर्ने र अनावस्यक ब्यक्तिका लागि पूर्ण अन्त्य गर्ने: कथित ठुलाबडाको विदेश आवतजावतमा विदा दिनै प्रथा र सडकमा जनतालाई सास्ती दिने कुरा रोक्ने होस् है !’त्यस्तै अध्यक्ष थापाले पनि सरकारले कटौती गरेको सार्वजनिक विदाको विषयमा आपत्ती जनाएका छन् । राष्ट्रिय एकता दिवस, राम नवमी, घटस्थापना लगायतका दिनको विदा कटौती गरेर सरकार हिन्दु धर्म कमजोर बनाउने संवाहक बनेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘ राष्ट्रिय एकता दिवस र सनातन धर्माबलम्बीहरुको महत्वपूर्ण धार्मिकरसांस्कृतिक पर्वबिदा कटौती निर्णय दुर्भाग्यपूर्ण । क्रिसमसमा बिदा दिने तर श्रीकृष्ण जन्माष्टमी,रामनवमी र घटस्थापनामा बिदा नदिने निर्णय पुर्वाग्रही छ । सरकार हिन्दुधर्म कमजोर बनाउने षडयन्त्रको संवाहक बन्यो । निर्णय सच्याउ’пакеты смс на мтскак самостоятельно выщипать брови в домашних условиях