काठमाडौं चैत १४-नेपालको विभिन्न ठाउँ ठाउँमा सुरुगरेको सुजुकी सेलेरियो टेस्ट राइड अभियानको ३ महिना पूरा भएको छ। कावासोती, हेटौँडा, बीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङ्गमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तिन महिना पूरा भएको हो।सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका 

लागिआधिकारिक विक्रेता  सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सञ्चालन गर्दै आएको छ। 
कम्पनीको अनुसार, तिन महिनामा ५१७ टेस्ट राइड सञ्चालन भएको छ र ग्राहकको उत्साह सकारात्मक रहेको छ। नेपाली परिवारलाई खरिदअघि नयाँ अनुभव दिलाउने कम्पनीको उद्देश्य हालसम्मको ग्राहकको प्रतिक्रियासँगै पूरा हुँदै आएको छ।

सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तको अनुसार, “हामी हालसम्म प्राप्त भएको प्रतिक्रियासँग धेरै विश्वस्त छाँै र यसरी नै अभियानको दोस्रो चरणमा जारी राख्ने आशा गर्दछौ । ”
सेलेरियो “द पर्फेक्ट फेमिली कार” को गत पुस महिनामा टेस्ट राइड अभियानसँगै प्रारम्भ भएको थियो जसमार्फत ग्राहकहरुलाई प्रत्येक टेस्ट राइडमा उपहार प्रदान गरियो र एक भाग्यशाली ग्राहकले रु  एक लाखको क्यासब्याक प्राप्त गरे।

купить квокзаказать с китая в украину