हिजो राति भएको अर्जेन्टिना विरुद्ध मैत्रीपूर्ण खेलमा स्पेन ६–१ को भारी अन्तरले विजयी भएको छ ।

स्पेनको मड्रिडमा भएको खेलमा स्टार खेलाडी लियोनल मेसी विना मैदानमा उत्रिएको अर्जेन्टिनालाई लज्जास्पद हारको स्वाद चखाउन स्पेनका लागि इस्कोले ह्याट्रिक गरे ।

arjentina-tapaikokhabarखेलको १२ औ मिनेटमा डिएगो कोस्टाको गोल मार्फत अग्रता बनाएको स्पेनका लागि २७ औं मिनेटमा इस्कोले गोल गर्दै अन्तर २-० पुर्याए । तर ३९ औ मिनेटमा निकोलस ओटामेन्डीले गोल गर्दै अन्तर २-० एकमा झारे । तर दोस्रो हाफमा स्पेन अर्जेन्टिना माथि पूर्ण रुपमा हावी भयो ।५२ औ मिनेटमा इस्कोले घरेलु टिमका लागि तेस्रो गोल गर्दा ५५ औ मिनेटमा थियागो एल्कान्त्राले स्पेनको अन्तर ४–१ पुर्याए ।

त्यसपछि ७३ औं मिनेटमा लागो आस्पासले टिमका लागि पाचौं गोल गर्दा ७४ औ मिनेटमा इस्कोले व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई ६–१ को भारी अन्तरको जित दिलाए ।

текст имиджевой рекламыпроверка сайта на санкции поисковых систем