काठमाडौं महानगरपालिका,महानगरीय ट्राफिक प्रहरी मशाशाखा र सडक विभागको संयुक्त प्रयासमा काठमाडौं उपत्यकाका ट्राफिक लाइट हिजो बाट  पुनः सञ्चालनमा ल्यायको छ।

पहिलो चरणमा महाराजगञ्ज र नयाँबानेश्वर चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याईदै छ । मंगलबारको परीक्षण सफल भएमा क्रमैसँग अन्य चोकहरुमा पनि ट्राफिक लाइटहरु जोड्दै जाने योजना तीनै निकायको छ ।

बानेश्वर चोकमा सडक विभाग र महाराजगञ्ज चोकमा महानगरपालिकाले ट्राफिक लाइटको मर्मत गरेर बाल्न लागेको हो । यदि नेपाली प्राविधिकको यो प्रोजेक्ट सफल भए अन्य ३५ वटा चोकमा पनि यही प्रविधि प्रयोग सुरु गरिने सडक विभागले जनाएको छ ।

купить pedrollo topсмс ру