मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओमामा मागभन्दा ४ दशमलव १९ गुणा बढी आवेदन परेको छ । आईपीओका लागि आवेदन दिने अन्तिम दिन हिजो बेलुका पा“च बजेसम्म ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको हो । आईपीओका लागि २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट सो संख्यामा आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो। जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बा“की ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर यसअघि नै बा“डफा“ड गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणबाट प्रवद्र्धित चिलिमेको सहायक कम्पनीमध्ये भोटेकोशीले सिन्धुपाल्चोक जिल्लामा १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।