धनगढीबाट बाजुरा जा“दै यात्रुवाहक बस दुर्घटना हु“दा १६ जना घाइते भएका छन् । ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हु“दा १६ जना घाइते भएका हुन । घाइते हुनेमा ६ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । बसमा ५०÷६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उहा“ले बताउनुभयो ।