राष्ट्रिय मानव अधिकार आयोगको सबै कार्यालय बिदाका दिन पनि खुला रहने भएको छ । आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालय दशैं, तिहार र छठ बिदाका दिनमा पनि खुला रहने जनाइएको छ । दशैं बिदाको समयमा आयोग कार्यलय बिहान ११ बजेदेखि दिउ“सो २ बजेसम्म खुला रहने जनाइएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैं यस वर्ष पनि चाड पर्व बिदामा आयोग खुला रहने जानकारी दिनुभयो । यस अवधिमा आयोगले मावन अधिकार उल्लंघन र ज्यादतिका घटनाहरुमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमनसमेत गर्ने जनाइएको छ ।