काठमाण्डौका मुख्य नाकामा गाडी चापमा चलिरहेका छन् । आजदेखि दशैं बिदा सुरु भएकाले काठमाण्डौ उपत्यका छोड्ने यात्रुको संख्या आज धेरै छ । फुर्सद भएका र विद्यार्थीहरु यसअघि नै गाउ“ घर फर्किए पनि काम विशेषले बसेका धेरैजसो आज र भोलि फर्किने गरेका छन् । अहिले कलङ्की, नया“ बसपार्क, कोटेश्वर जडीबुटीलगायत ठाउ“मा गाडीको चाप छ । दशैंका बेला गाउ“ घर जाने यात्रुले सधैं सकसपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । मध्यम तथा छोटो दूरीका गाडीमा क्षमताभन्दा धेरै यात्रु चढाउने गरिएकाले यात्रा यात्रा झन् कष्टकर बन्ने गरेको छ । यसपालि बेलैमा सडक मर्मत हुन नपाउ“दा सास्ती झन् थपिएको छ । गएको २४ घण्टामा झण्डै ८३ हजार यात्रुले काठमाण्डौ छोडेका छन् । यो संख्या आज झन् बढ्ने छ । यस्तै गएको २४ घण्टामा २७ हजार यात्रु काठमाण्डौ भित्रिएका छन् । गएको ११ गतेदेखि अहिलेसम्म झण्डै सात लाख यात्रुले काठमाण्डौ छोडेका ट्राफिक प्रहरीको तथ्यांक छ । घटस्थापनादेखिको हिसाब गर्दा अहिलेसम्म ८ लाखभन्दा धेरै काटमाण्डौबाट बाहिरिएका यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।