जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्ने बताउनुभएको छ । चितवनमा आयोजित एक कार्यक्रममा पत्रकारसंग कुराकानी गर्दै उहा“ले वास्तविक सुकुम्बासीको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो । हिजो बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उहा“ले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारका ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहु“दा समस्या भएको उहाको भनाइ थियो । फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्नेमा जोड दिनुभयो । उहाले अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निराशा आउने बताउनुभयो । प्रतिगमनविरुद्ध सङ्घर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ थियो ।