अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहा“का १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको छ । यही हप्ता अफगानिस्तानको भ्रमण गर्नुभएका युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दीले तत्काल सहायता नपुगे कम्तीमा पनि १० लाख अफगानी बालबालिकाको कुपोषणका कारण ज्यान जाने जोखिम रहेको बताउनुभयो । उहा“ले अफगानिस्तानमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएकाले अवस्था जटिल बन्दै गएको पनि उल्लेख गर्नुभएको छ । उहा“ले आफ्नो भ्रमणका क्रममा काबुलमा रहेको एक बाल अस्पतालमा गम्भीर कुपोषण भएर भर्ना भएका बालबालिकासंग भेट गर्नुभयो । यस्तै, युनिसेफले तालिबानलाई बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र खोप तथा पोषणयुक्त खानेकुरा र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरेको छ । यस्तै, बालबालिकाहरु पोलियोको जोखिममा पनि रहेकाले उनीहरुलाई तत्काल खोप दिने व्यवस्था गर्नसमेत युनिसेफले आग्रह गरेको छ ।