अछाममा जन्ती बोकेको जीप दुर्घटना हु“दा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा राति ११ बजे पछि से १ च १७६३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षका जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षका जीवन न्यौपाने र १७ वर्षका हिमाल नेपालीको मृत्यु भएको हो । घाइते भएका १३ जनामध्ये दुई जनालाई थप उपचारका लागि बा“केको नेपालगञ्जमा रेफर गरिएको छ । अरुको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर छ । हिजो पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ को कोटबाट दुलहीलाई वडा नम्बर १ को नादीमा पुर्याएर फर्किने क्रममा बस दुर्घटनामा परेको हो । रातको समय भएको र चालकलाई सडकको अवस्थाबारे थाहा नहु“दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । बस ब्याक गर्ने क्रममा भीरबाट खसेको हो । बसका चालक घाइते छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।