बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु जारी छ । झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउ“सो चार बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो । त्यहा“को अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ । हिजो मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भएपछि गोली चलाएको प्रहरीले जनाएको छ । झडपमा गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियारको मात्र पहिचान खुलेको छ । घटनामा अन्य ३३ प्रहरीसहित ४९ जना घाइते भएका छन् । औद्योगिक क्षेत्रमा सुकुम्बासीले बनाएका अस्थायी टहराहरू प्रहरीले भत्काउने क्रममा झडप भएको थियोे । प्रहरी माथि नै ढुंगामुढा हुन थालेपछि अश्रुग्यास र हवाइ फायर गर्नुपरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।