नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नया“ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नया“ भिडियो नेपालीहरुको महान चाड दशंै मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गा“उ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो ।
भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउ“दछ, दशंैमा नया“ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशंै किनमेल गरेर गा“उ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उन्ँी रात भरी हिंडेर गाउ पुग्दछन्ँ् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गा“उमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।
यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आÏनो परिवार संग भेटि सुरक्षित साथ खुशी साटासाट ग©ौ भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।
भिडियो हेर्न लिंकहरुमा जानुहोस्ः
फेसबूक ः https://fb.watch/8ypXHXNZVl/
इन्स्टाग्राम ःhttps://www.instagram.com/tv/CUxS6wZhiES/?utm_source=ig_web_copy_link
युटुब ः https://youtu.be/p8zsDtiJwDY