खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि भोलिदेखि मात्रै खसीबोका बिक्री गर्ने भएको छ । आजदेखि खसीबोका बिक्री गर्ने भनिए पनि मूल्य निर्धारण नभएकाले भोलिदेखि मात्रै बिक्री गर्ने तयारी भएको नेपाल खाद्य संस्थानका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । आज दिउ“सो मूल्य निर्धारण गरेर भोलिदेखि बिक्री थालिने छ । खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैया“ सस्तोमा खसी बोका बेच्ने छ । दशैँका लागि दाङ, मकवानपुर लगायतका ठाउ“बाट ल्याइएका खसीबोका कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा राखिएको छ । खनालका अनुसार हिजो बेलुकासम्ममा दाङबाट एक सय ९० वटा खसीबोका ल्याइएको छ । यो पहिलो खेप हो । दाङबाट जम्मा ८ सय खसीबोका ल्याउने योजना छ । मकवानपुरबाट भने आज बिहानदेखि मात्रै खसीबोका ल्याउन थालिएको छ । मकवानपुरबाट एक हजार दुई सय खसीबोका काठमाण्डौ ल्याइनेछ । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पा“च सय ६५ रुपैया“मा खसीबोका खरिद गरेको छ ।