आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दशैंमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउ“मा जान सक्नेछन् । यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डौसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।
यसबीच, अग्रिम टिकट बुकिङमा तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य भएको यात्रुले गुनासो गरेका छन् । गएको असारमा सरकारले लामो दूरीका गाडीमा २८ प्रतिशतले भाडा बढाएको थियो । तर, दशैंको मौका छोपेर टिकट काउन्टरहरुले त्यो भन्दा पनि बढी भाडा लिने गरेका यात्रुले गुनासो गरेका हुन् । आफू ठगिएको जस्तो लागे नजिकैको यात्रु सहायता कक्षमा गुनासो टिपाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गर्नुभएको छ । टिकट काउण्टर नजिक रहेका यात्रु काठमाण्डौदेखि बाहिर जाने ७७ वटै जिल्लाको भाडादर टा“सिएको र त्यो भन्दा धेरै लिएको पाइएमा कारबाही गरिने छ । धेरैजसो टिकट काउन्टर अगाडि सहायता कक्ष राखिएको छ । कोही अलमलिएमा सहायता कक्षमा रहेकाहरुले नै उनीहरुलाई सोधेर सहयोग गर्दै आएको छ । अहिले सादा पोशाकमा ट्राफिक प्रहरी खटिएर बढी भाडा लिए, नलिएको र अरु विभिन्न खालका अनुगमन गरिरहेका छन् ।