सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नया“ दिल्ली जान लागेको हो । भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको नियन्त्रणमा जाने लागेको सो प्रतिनिधिमण्डलमा काँग्रेस नेताहरु उदयशमशेर जबरा र अजय चौरसिया समेत रहनु भएको छ । भारत भ्रमणको क्रममा भारतीय जनता पार्टी र सरकारका पनि उच्च पदस्थ अधिकारीहरुसंग भेटगरी दुई पार्टी बीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको पनि सम्बन्ध विकासमा सघाउ पु¥याउने गरी आफूहरु भारत भ्रमण जान लागेको कांग्रेस महामहामन्त्री डा. महतले जानकारी दिनुभयो । नया“ दिल्ली, लखनऊ र वनारसमा हुने छलफलले दुई देशबीचको एक अर्काप्रतिको चासो र चिन्तालाई सम्बोधन गर्न र कुनै समस्या देखिए तत्काल समाधान गर्न पनि सघाउ पु¥याउने उहा“ले बताउनुभयो । कांग्रेस प्रतिनिधिमण्डल भारत सरकारसंगको सम्बन्धलाई सुमधुर बनाउन भारत जान लागेको हो । पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका कांग्रेस सहमहामन्त्री महतले दुई पार्टीबीचको छलफलले दुई मुलुकको बीचको नेतृत्व र जनता–जनताबीचको सम्बन्धलाई पनि बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहा“ले दुई मुलुकबीच कुनै समस्या भए तत्काल कूटनीतिक पहल गरी समाधान गर्न पनि यस्ता भ्रमणहरु उपयोगी हुने धारणा समेत राख्नुभयो ।