हिन्दु धर्मालम्बीहरुको बडा दशैं आजबाट सुरु भएको छ । दशैको पहिलो दिन । घटस्थापनाको साइत बिहान ११ः ५६ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बडादशैको पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ र जमरा पनि राखिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादस“गै समृद्धिको प्रतिक पहेलो जमरा ग्रहण गरिन्छ । आºना घरमा भएका पुजाकोठामा देवीदेवताको नाम सम्झी प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिन्छ । असोज २९ गते विजयादशमीका दिन बिहान १० बजेर २ मिनेटमा शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिनेछ । धेरैजसो शैक्षिक संस्थाले आजैका दिनदेखि दशैंका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । अदालत भने आजबाटै बन्द भएको छ । अघटस्थापनाका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।