भावी प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम मध्येका ३ जना न्यायाधीशको अभिलेख संवैधानिक परिषद्‌मा पठाउने निर्णय गरेको छ ।

परिषद्‌को मंगलबार बसेको बैठकले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि रिक्त रहेको प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका वरिष्ठ मध्येका ३ जना न्यायाधीशको नाम संवैधानिक परिषद्‌मा पठाएको हो ।

परिषद्‌ले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शम्सेर राणाको नाम संवैधानिक परिषद्‌मा पठाएको हो ।

प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा ३ वर्ष काम गरेको पुग्नुपर्ने व्यवस्था छ । उनीहरु ३ वर्ष कार्यकाल पूरा भएका न्यायाधीश हुन् ।

नेपालको संविधानको धारा २८४ को उपधारा ३ बमोजिम न्यायपरिषद्ले अभिलेख पठाएपछि संवैधानिक परिषद्‌ले प्रधानन्यायाधीशको सिफारिस गर्ने व्यवस्था छ ।

उक्त धाराबमोजिम संवैधानिक परिषद्‌ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ भन्ने उल्लेख छ ।

तर, प्रधानन्यायाधीश पराजुलीको एक महिना अगावै वहिर्गमन भएपछि संवैधानिक परिषद्‌ले कानुनमन्त्रीको उपस्थितिमा प्रधानन्यायाधीश सिफारिस गर्नेछ । संवैधानिक परिषद्‌को सिफारिसपछि संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

robots txt запрет индексациикупить зимние сапоги украина