नेपालमा रहेको विद्यमान व्यवस्था अनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोले पछि प्रत्येक वर्ष आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नबिकरण गराउनु पर्ने भएकोले यसबाट लगानीकर्ताहरुलाई सम्बन्धित कम्पनीमा गई वा सम्बन्धित कम्पनीले तोकेको यलष्लिभ पोर्टलहरुबाट नबिकरण हुँदै आएको व्यहोरा सर्वसाधारणमा विदितै छ । जसका कारणले कतिपय लगानीकर्ताहरु आफ्नो खाता रहेको विभिन्न संस्थाहरुमा धाउनु पर्ने देखिएको छ । जसले गर्दा विद्यमान कोभिड १९ को जोखिमका कारणले आफ्नो डिम्याट खाता नबिकरण गराउन असमर्थ भएको देखिन्छ । यसलाई मध्यनजर गर्दै यस कम्पनीले आफ्ना कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाई यस्तो झन्झटबाट मुक्त गराउने उद्द्ेश्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना यही पौष २६, २०७७ देखि लागु हुने गरी ल्याएको लगानीकर्ताहरुमा विदितै छ ।
यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक रु. ३,००० (तीन हजार) रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । तर बिजया दशमी २०७८ को शुभकामना सहित नवरात्रीको ९ दिन अर्थात् २०७८।०६।२१ देखि २०७८।०६।२९ गतेका दिनसम्म यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि कम्पनीले रु. ९०० छुट सहित जम्मा रु. २१०० (एक्काईस शय रुपैयाँ मात्र) मा जिवनभर नबिकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने व्यवस्था गरेको व्यहोरा सहर्ष जानकारी गराएको छ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको जततउकस्ररयलष्लिभमझबत।लबदष्ष्लिखभकत।अयm।लउर मा गई खोल्न सकिने छ भने नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि जततउकस्ररयलष्लिभमझबत।लबदष्ष्लिखभकत।अयm।लउरएबथmभलतरम्झबतच्भलभध मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।
हामीलाई आशा छ कम्पनीले प्रदान गरेको यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहनु भएका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ हुनुभएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नबिकरणको झन्झटबाट मुक्त भै फाईदा लिनु हुनेछ । यसरी नै लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्र कै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिंग सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।