काठमाडौंको गोंगबुस्थित नया“ बसपार्कबाट दसैंका लागि घर जान १७ हजार यात्रुले बसको अग्रिम टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले गोंगबुबाट अग्रिम बस टिकट लिएका थिए । तर, यस वर्ष भने अग्रिम टिकट लिने यात्रुको संख्यामा कमी आएको छ । धेरै यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् । नया“ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताउनुभयो । कोरोना महामारी र बाटोको दुरवस्थाका कारण अग्रिम टिकट लिने यात्रु धेरै नभएको हो । सरकारले यही असोज ११ गतेदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो नया“ बसपार्कबाट हाल दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । काठमाडौंको नया“ बसपार्कबाहेक चाबहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीबाट पनि अग्रिम टिकट बुकिङ भइरहेको छ ।
सरकारले यात्रुलाई दसैंमा सहज रुपमा गन्तव्य स्थलसम्म लानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसंगै यात्रुलाई दसैंको समयमा आवतजावतमा सहज हुने अपेक्षा छ ।