नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताउनुभएको छ ।
१३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताउनुभयो । काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको दाबी गर्नुभयो । उहाले सभापति शेरबहादुर देउवालाई इंकित गर्दै १३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पाएको बताउनुभयो । १४ औं महाधिवेशनबाट डायनामिक सभापति रोज्नुको विकल्प नभएको पनि बताउनुभयो । पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू नै वरिष्ठ रहेको बताउ“दै उहाले यसपटक कुनै हालतमा पछि नहट्ने भन्नुभयो । यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको बताउ“दै सिंहले आफू गणेशमानको परिवारले भएकै कारण सभापति बन्न नहुने हो भनि प्रश्न गर्नुभयो ।