आउँदै गरेको दशैँ , तिहार तथा छठ लगायतको चाड पर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाईलबाट गरिने फण्ड ट्रान्स्फरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ  connectIPS को मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको अयललभअतक्ष्एक् फण्ड ट्रान्स्फर तथा  connectIPS मार्फत मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निशुल्क गरिएको छ । अयललभअतक्ष्एक् को बढ्दो प्रयोग तथा मोबाईलबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्र्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको हो । यस प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्स्फरमा मोबाईल प्ल्याट्फर्मको प्रयोग थप वृद्धि हुने विश्वास गरिएको छ ।

फण्ड ट्रान्स्फर लगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याट्फर्मबाट गर्न सकिने यस  connectIPS ले गत आर्थिक वर्षमा ने. रु. १३.६ खर्ब बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्ष (भाद्र मसान्तसम्म) मा ने. रु. ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ ।

हाल यस प्रणालीमा जम्मा ५४ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । बैंक वित्तिय संस्थाका ग्राहकहरुले    www.connectips.com मा वा यसको मोबाईल एप मार्फत अन्लाईन रजिष्टर गरी सेवा लिन सक्नुका साथै बैंक वित्तिय संस्थाका आफ्नै मोबाईल बैंकिङ्गमा रहेको छुट्टै रजिष्टर गर्नु नपर्ने अयललभअतक्ष्एक् फण्ड ट्रान्स्फर अप्सन मार्फत पनि सो सेवाको प्रयोग गर्न सक्दछन् । १४ भन्दा बढी डिजिटल वालेटका प्रयोगकर्ताले पनि  connectIPS मार्फत सोझै बैंक खाताबाट फण्ड लोड गर्न सक्दछन् ।  connectIPS को मोबाईल एप मार्फत प्रति कारोबार रु १ लाख तथा प्रति दिन रु २ लाख सम्म कारोबार गर्न सकिन्छ भने मोबाईल बैंकिङ्गबाट फण्ड ट्रान्स्फरमा भने बैंक वित्तिय संस्थाले रु ५० हजार देखि २ लाख सम्म कारोबार सीमा प्रदान गरेको छ ।

थप जानकारीका लागि  www.connectips.com  मा हेर्नुहोस् ।