नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नगर सभापतिको मतदान जारी छ ।
हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि अधिवेशनअन्तर्गत आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । राष्ट्रियसभा गृहमा जारी अधिवेशनमा नगरे सभापतिको लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । शाक्य प्रकाशमान सिंह र गगन थापा समूहको उम्मेदवार हुनुहुन्छ भने रञ्जित शेरबहादुर देउवा र भिमसेनदास प्रधान समूहको उम्मेदवार बन्नुभएको छ । उपसभापति पदका लागि सन्तकुमार महर्जन, शुशिला ढकाल, सूबिरनाथ खनाल र भरत तण्डुकारको उम्मेदवारी परेको छ ।