नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको पार्टी एकतामा बराबरी भागवण्डा हुनु पर्ने शर्त अघि सारेका छन् ।
अखिल क्रान्तिकारीको प्रशिक्षणलाई सोमबार राजधानीमा सम्बोधन गर्दै दाहालले  दुवै पार्टीका समान सदस्य रहे मात्रै एमालेसँग एकता हुने बताए । उनले एकतापछि पार्टीमा एमाले-माओवादीबाट बराबरी सदस्य रहनुपर्ने सर्त राखेका छन् ।
‘एक जना पनि घटबढ भएमा एकता हुँदैन’, उनले भने, ‘संगठन बनाउँदा दुवैपक्षका बराबर हुन्छन् । एक जना पनि तलमाथि हुँदैन, बराबर नभए एकता हुँदैन ।’
तत्कालका लागि एमाले अध्यक्ष केपी ओली र आफू नयाँ पार्टीको अध्यक्ष हुने दाहालले बताए । ‘महाधिवेशनपछि एकीकृत पार्टीको म हुन्छु’, दाहालले भने ।

golden ring russiap320 red dot