Asta-ja-USA को सहयोग द्धारा प्रायोजित तथा Asta-Ja-RDC नेपालबाट आयोजित कार्यक्रम च.न.पा. वडा नं ८, स्थित श्री सेतीदेवी आधारभूत
बिधालयमा अध्यनरत विधाथीहरुलाई सहयोग ।
शनिबार ,९ असोज, २०७८
Asta-ja–अष्ट–ज), नेपाल भाषामा ’ज’ को अर्थ, जल (पानी), जमिन (भूमि), जंगल (वन), जडीबुटी (औषधीय र सुगन्धित बिरुवाहरु), जनशक्ति (जनशक्ति), जनावर (जनावरहरु), जाराजुरी (बाली बिरुवाहरु), र जलबायु (जलवायु) हो। निम्न विवरणमा गरीबी उन्मूलन र नेपालको सामाजिक आर्थिक रुपान्तरण को लागी Asta-ja ले सेवा गर्दै आएको छ । यसै क्रममा Asta-ja ले च.न.पा. वडा नं ८, स्थित श्री सेतीदेवी आधारभूत बिधालयमा अध्यनरत विधार्थीहरुलाई सहयोग गरेको छ ।
Asta-ja-USA को सहयोग द्धारा प्रायोजित तथा Asta-Ja-RDC नेपालबाट आयोजित कार्यक्रम चन्द्रगिरी नगरपालिका वडा नं ८, स्थित श्री सेतीदेवी आधारभूत बिधालयमा अध्यनरत विधाथीहरुलाई सहयोग गरेको छ । यस कार्याक्रममा डा. दुर्गाप्रसाद पौडेल Asta-ja-USA अमेरिका माफर्त सहयोगको व्यवस्था मिलाउनु भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि चन्द्रगिरी नगरपालिकाको उपमेयर श्री लिसा नकर्मी ज्यू, बलम्बु प्रहरी प्रमुख श्री गणेश चन्द्र कोइराला ज्यू, डा. श्री रामजी प्रसाद न्यौपाने ज्यू, प्रधानध्यापक श्री उद्धव भण्डारी ज्यू, तथा यस कार्यक्रमका संयोजक विदुर कोइराला , डा. रसिक न्यौपाने, प्रतिभा पण्डित, चन्दा कुमारी सिंह,रीता पुर्काेटी साथै अमेरिका देखि शययm बाट प्रत्यक्ष जोडिनु भएका Asta-ja-USA का अध्यक्ष डा.दर्गा दत्त पौडेल ज्यू, लगायत अरु सदस्यहरुको सहभागितामा सो कार्यक्रम समापन भएको थियो ।
उक्त कार्यक्रममा ३५ जना विपन्न वर्गका विद्ययार्थीहरुलाई शौक्षिक सामाग्री जस्तै एक एक दर्जन पेनसिल, कापी, ईरेजर, कटर र २ थान कलम, साथै एक एक थान व्याग, स्कुल युनिर्फम, Track suit, मोजा र जुत्ता वितरण गरिएको कुरा यस कार्यक्रमका संयोजक विदुर कोइराला ज्युले जानकारी दिनुभएको थियो ।