काठमाडौं -ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री वर्षमान पुनले वैशाख भित्रै अाैद्याेगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ हटाउन निर्देशन दिएका छन्।

मन्त्री पुन सार्वजनिक विदाकाे दिन अाइतबार साँझ नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्र निरीक्षण गर्दै वैशाख अन्त्यबाटै औद्योगिक क्षेत्रमा लोडसेडिङ नहुने वातावरण मिलाउन कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङकाअनुसार हाल औद्योगिक क्षेत्रमा दैनिक ४ घण्टा लोडसेडिङ छ। औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाउनेबारे प्राधिकरण प्रमुख घिसिङ र उर्जामन्त्री पुनबीच पटक–पटक छलफल भएकाे छ।

मन्त्री पुनले उर्जामन्त्रीको रुपमा पदभार ग्रहण गरेलगत्तै यो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए।

मन्त्री पुनले नयाँं वर्षदेखि नयाँं सन्देश जाने गरी औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ हटाउने गरी तयारी थाल्न निर्देशन दिएका हुन्। मन्त्री पुनको निर्देशनपछि भारप्रेषण केन्द्रका कर्मचारीले भोलिदेखी नै त्यसमा काम सुरु गर्ने प्रतिवद्धता समेत जनाएका छन्।

‘देशमा नयाँ सरकार आएको छ, जनताको ठुलो आशा पनि यो सरकारप्रति छ, तपाईहरुको कुरा सुन्दा वैशाख भित्रै औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ हटाउन् सकिने रहेछ भन्ने थाहा भयो, भोलिदेखी नै योजना निर्माण गरेर लाग्नुहोस्। यसबाट नयांँ वर्षमा नयांँ सन्देश पनि जान्छ ।’ मन्त्री पुनले कर्मचारीलाई निर्देशन दिँदै भने।

मन्त्री पुनलाई प्राधिकरण प्रमुख घिसिङले २ सय मेगावाट विद्युत् थप भए लोडसेडिङ अन्त्य हुने बताएका थिए। चैतको अन्तिममा हिंउ पग्लिएर पानीको बहाव बढ्ने भएकाले आन्तरिक उत्पादन बढ्ने केन्द्रका कर्मचारीको दाबी छ। लोडसेडिङ समाधानको लागि अन्य उपायको समेत खोजी गरिने उनले बताएका छन्।

लोडसेडिङको समस्याबारे गुनासो आएपछि आईतबार विदाको दिन उर्जामन्त्री पुनसँगै ऊर्जासचिव अनुपकुमार उपाध्याय र कार्यकारी निर्देशक घिसिङ भार प्रेषण केन्द्र स्युचाटार पुगेका थिए।

что продавать из китаясоздание разработка сайта визитка