रुसले जोड्दैछ उत्तर कोरियाली सिमानामा पुल

उत्तर कोरियाको सिमाना दक्षिण कोरिया, चीन र रुससँग जोडिएको छ । त्यसकारण पनि आफ्ना छिमेकी चीन र रुससँग उत्तरको सम्बन्ध सन्तोषजनक रहेको बताइन्छ !सुदुरउत्तरपूर्वीय क्षेत्रमा टुमेन नदि हुँदै रुस उत्तर कोरियाभन्दा केबल १७ किलोमिटरको दुरीमा रहेको छ । उक्त सिमाना जोड्ने एउटा पुल रहेको छ जसलाई मित्रताको पुल भनिन्छ । १९५९ मा स्थापित दुवै देशलाई जोड्ने सो पुलमाथिबाट भने रेल मात्र चल्ने गरेको छ । यसैबीच यो हप्ता उत्तर कोरिया भ्रमणमा गएका एक रुसी प्रतिनिधिले त्यही क्षेत्रमा सवारी गुड्ने अर्को पुल पनि निर्माण गर्ने योजना प्रस्तुत गरेको वासिङटन पोस्टमा उल्लेखित छ ।

यो योजना सुरुवाती चरणमा भएपनि यसले प्रतिबन्ध र सैन्य तनावका बावजुद रुसले उत्तर कोरियासँग व्यवसायिक मित्रता कायम राख्ने सोच बनाइरहेको प्रस्ट देखाउँछ ।

उत्तर कोरिया र रुसबीच यात्रा गर्न चीन हुँदै लामो बाटो जानुपर्ने भएकाले यसअघि पनि दुवै देशले प्रत्यक्ष यात्रा गर्न मिल्ने रुट निर्माण गर्ने बारे सल्लाह गरिसकेका थिए । यस्तैमा भ्रमणमा गएका रुसका सुदुर पूर्वी क्षेत्रका विकास मन्त्रीले बुधबार दुवै देशले नयाँ बाटोका लागि कार्य समुह निर्धारण गर्ने तय भएको घोषणा गरेका हुन् ।

जहाँ चीन र उत्तर कोरियाका बीच २३ सवारी चेकप्वाइन्ट रहेको छ भने त्यहिँ अर्कोतर्फ रुससँग जोडिने एउटा पनि चेकप्वाइन्ट नभएको बैठकमा सहभागी उत्तर कोरियाली मन्त्री रो तु छोलले बताएका हुन् । उनले थप भने, ‘हाल वस्तुहरु आयात गर्दा समेत रुससँगको सिमानाबाट नभएर चीनको हुँदै लामो बाटोको प्रयोग गर्नु पर्छ ।’ त्यसकारण रुसी अधिकारीले प्रस्ताव गरे जसरी अहिलेको पुलमा अर्को थप्ने हो भने धेरै कुरामा सहज हुने रोले बताएका हुन् । यस बैठकबारे उत्तर कोरियाको राष्ट्रिय संचारले पनि धेरै केन्द्रित गरेको बताइएको छ ।

प्रस्ताव गरिएको पुल निर्माण आर्थिक हिसाबले सबैभन्दा धेरै प्रभावकारी साबित हुने उत्तर कोरियाली विदेश नीतिका विशेषज्ञ बेन्जामिमन सिल्बलस्टेनको भनाइ छ । रुस र उत्तर कोरियाबीचको व्यवसाय अमेरिकाले लगाएको प्रतिबन्धका कारण अहिले अर्थहिन भएपनि भविष्यमा अवस्था फेरिन सक्ने हुँदा व्यापार पुनः सुरु गर्न सकिने बेन्जामिनले बताएका हुन् ।

रुस र उत्तर कोरियाबीच पनि लामो व्यवासयिक इतिहास रहेको छ । सोभियत युनियनको शीत युद्धका समयमा उत्तर कोरियाले आर्थिक रुपमा धेरै मद्दत पुर्याएको थियो तर पछि भने युद्धको अन्त्यपछिका नयाँ राष्ट्रपतिले सिओलसँग नजिकी सम्बन्ध राख्न थालेपछि उत्तर कोरिया टाढिएको थियो ।

यसपछि फेरि पुटिनको कार्यकालमा सम्बन्ध पुनः राम्रो हुँदै गएको बताइन्छ । यहाँ सम्मकी सन् २००० मा पुटिन प्योङयोङ भ्रमणमा समेत गएका थिए । यसपछि देखि नै उनलाई उत्तर कोरियाको राष्ट्रि संचारले सधैँ प्रशंसा र समर्थन व्यक्त गर्ने गरेको छ । तर यति हुँदा हुँदै पनि दुई देशबीचको आर्थिक कारोबारले भने सोचेजस्तो गति लिन सकेन ।

यसका साथै अन्तराष्ट्रिय समुदायमा उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम पनि सम्बन्धमा मुख्य बाधक बन्न पुगेको बताइन्छ । रुसले उत्तर कोरियालाई विभिन्न ढङ्गले मद्दत गरिरहेपनि कतिपय संयुक्त राष्ट्र संघको प्रतिबन्धका पक्षमा रुसले पनि उत्तर कोरिया विरुद्ध मत हालेको छ । हालै मात्र यसले रुसमा रहेका उत्तर कोरियाली कामदारको सङ्ख्यालाई समेत सिमित बनाइदिएको थियो ।

पछिल्लो दुई वर्षमा दुवै देशका बीच व्यापार झन खराब स्थितिमा पुगिरहेको देखिएपनि रुसले भने उत्तर कोरिया सामु सधैँ आर्थिक विकल्पको बाटो खुला राख्ने गरेको देखिन्छ ।

obuvaiko.xyztravel to st petersberg

Leave a Reply

Your email address will not be published. Required fields are marked *