पेसागत संगठनका एउटै महासंघ बन्ने
विधान मस्यौदा कार्यदलमा भएको छलफलमा शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, चिकित्सक, निजामती कर्मचारीलगायत पेसागत संगठनलाई एउटै महासंघअन्तर्गत राखेर जनसंगठन बनाउने समझदारी भएको छ । त्यस्तै, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान संघ, किसान महासंघ नेपालको नाम संक्षिप्त बनाउने तयारी छ । युवा संघ नेपाल र वाइसिएल एकतापछिको नाम भने के राख्ने भन्ने टुंगो छैन ।

पार्टी एकतालगत्तै जनसंगठन एकीकरण
एमाले र माओवादीले आगामी ९ वैशाखमा एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी घोषणा गरेलगत्तै दुवै पार्टीका जनसंगठनहरूको एकता प्रक्रिया अगाडि बढाउने भएका छन् । त्यसका लागि अहिलेकै कार्यदलले नाम र समायोजनबारे भ्रातृ संगठनका नेतृत्वलाई बोलाएर समझदारी जुटाउने योजना छ । भ्रातृ संस्थाहरूको सम्मानजनक एकताका लागि दुवै पार्टीका सम्बन्धित इन्चार्ज रहेको छुट्टाछुट्टै समिति बनाएर प्रक्रिया अगाडि बढाउने तयारी कार्यदलले गरेको छ ।

 

राजनीतिक प्रतिवेदनको अन्तरवस्तु जबज
अन्तरिम राजनीतिक प्रतिवेदनमा जबजका मूलभूत चौध विशेषता स्वीकार गरिएको छ । तर, एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको मार्गनिर्देशक सिद्धान्त माओवाद र एक्काइसौँ शताब्दीको जनवादलाई आगामी एकताको महाधिवेशनबाट टुंगो लगाउने गरी बहसमा लैजाने समझदारी भएको छ । तर, अहिलेलाई भने दुवै पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेलिनवाद मानिने पौडेलले बताए । कार्यदलले झापा विद्रोह, ०४६ को आन्दोलन, माओवादी जनयुद्ध, ०६२र६३ को जनआन्दोलनलगायतबाट कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनले प्राप्त गरेको सफलतालाई उपलब्धिका रूपमा स्वीकार गर्दै प्रतिवेदन तयार पारेको छ ।

कार्यदिशा स् राष्ट्रिय पुँजीको विकाससहित समाजवादतर्फ
एकीकृत पार्टीको राजनीतिक कार्यदिशा राष्ट्रिय पुँजीको विकाससहित समाजवादतर्फ अग्रसर हुने भन्ने छ । नयाँ संविधानअनुसार सरकारका कार्यक्रम सामाजिक न्यायसहितको समाजवादी मोडलको हुने पौडेलले बताए ।

यसरी बन्दै छ केन्द्रदेखि जिल्लासम्मको संरचना
केन्द्रीय कमिटी  ३०० देखि ३५०
एकीकृत पार्टीको केन्द्रीय कमिटी तीन सयदेखि साढे तीन सय सदस्यसम्मको बन्ने भएको छ । एमालेका २०६ र माओवादीका ९९ सदस्यलाई एकीकृत पार्टीमा समेट्ने विषयमा नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ । यद्यपि, दुवै पार्टीबाट थप केही नेताहरू समेटेर बढीमा ३५० सदस्यसम्मको केन्द्रीय कमिटी बनाउने तयारी छ ।

पोलिटब्युरो १०० नजिक
एकीकृत पार्टीको पोलिटब्युरोमा भने सयको हाराहारीमा सदस्य रहनेछन् । केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् औसतमा सयजनाको पोलिटब्युरो बनाउने तयारी छ ।

स्थायी समिति  ३५ हाराहारी
स्थायी समिति भने ३५ जनासम्मको बनाउने गरी छलफल चलिरहेको नेताहरूले बताए । यो पोलिटब्युरोको एकतिहाइ संख्या हो । तर, यो संख्यामा केही तलमाथि हुन सक्ने बताइएको छ ।

प्रदेश र जिल्ला कमिटी जम्बो
एमालेका प्रदेश संगठन कमिटी ५० देखि १ सय १५ सदस्यसम्मका छन् । माओवादीका कमिटी पनि जम्बो भएकाले एकीकृत कमिटी कम्तीमा दुई सय सदस्यीय हुने स्थिति रहेको कार्यदलका एक नेताले बताए । जिल्ला कमिटी पनि कम्तीमा डेढ सयदेखि २ सय ५० सदस्यसम्मको हुने ती नेताको भनाइ छ ।

केन्द्रको एकतापछि मात्रै तल्लो तहको
केन्द्रीय कमिटीको एकतापछि मात्रै प्रदेश र तल्ला तहका कमिटी तथा जनसंगठनहरूको एकता प्रक्रिया सुरु गर्ने कार्यदलमा नेताहरूबीच समझदारी भइसकेको छ । दुई वर्षभित्र सर्वसम्मत नेतृत्व चयन हुने गरी एकता महाधिवेशन गर्ने तयारी छ ।лак для паркета отзывыonline webcam porn