एकदिवसीय मान्यता प्राप्त गर्न सफल नेपाली क्रिकेट टिमलाई बधाई दिंदै पूर्व कप्तानहरुले नेपाली क्रिकेटको अभभिावक विहिन दिनको अन्त गर्न आग्रह गरेका छन्।

पूर्व कप्तानहरुले उपलब्धी जोगाउँदे थप सफलता हासिल गर्न क्रिकेटको आधिकारीक तथा नियमक निकाय अत्यावश्यक भएको बताएका छन् । खेलाडीहरुको हकहितका लागि गठिन क्रिकेट खेलाडी संघको नयाँ कार्यसमिती चयनपछि पूर्व ६ कप्तानहरुले सामुहिक रुपमा अब क्रिकेट यसरीनै अघि जान नसक्ने भन्दै सम्बन्धित पक्ष जिम्मेवार हुने समय आएको बताएका हुन्।

पूर्व कप्तानहरु लेखबहादुर क्षेत्री, राजु खड्का, पवन अग्रवाल, डा. मनिस राज पाण्डे र वर्तमान कप्तान पारस खड्काले सामूहिक रुपमा क्रिकेटका विवाद समाधान गर्न आग्रह गरेका थिए । साथै उनीहरुले आइसीसीले दिएको समय सिमाभित्रनै सबै काम सम्पन्न गर्न र नभए आफूहरुलेनै कुनै विकल्पका विषयमा सोच्नु पर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए।

यद्यपि उनीहरुले तत्कालै कुनै हस्तक्षेप गर्ने योजना नभएको भन्दै आफूहरुले चाहेको भएमा दुई वर्ष अघिने हस्तक्षेप गर्न सकिने अवस्था भएपनि समस्या समाधानको आसमा बसेको तर अब पनि ढिला गरे र आइसीसीले दिएको समय सिमामानै सबै काम नभएमा भने विकल्पमा जाने चेतावनी पनि दिएका थिए। सबै ६ कप्तानहरुले क्रिकेट विकासमा खेलाडीहरुको हकहितका लागिनै क्रिकेट खेलाडीसंघ गठन गरिएको भन्दै खेलाडीले नेपालको नियमनकारी निकाय नहुँदा तलब समेत पाउन नसेकको गुनासो गरेका थिए।पूर्व कप्तान डा. मनिस पाण्डेले खेलाडीहरुले क्यान नहुँदापनि सफल्ता हासिल गरिरहेको अवस्थामा अब पनि मौन रहने हो भने क्रिकेट पुन ओरालो लाग्ने तर्फ चिन्ता ब्यक्त गरेका थिए ।

त्यस्तै लेख बहादुर क्षेत्रीले क्रिकेट विकासमा लागेकाहरुले अझैपनि अटेर गरिहेको र त्यसले थप समस्या तर्फ नेपाली क्रिकेटलाई लाने खतरा रहेको भन्दै जतिसक्दो चाँडो समय सिमाभित्रनै इलेक्टेड बडी आवश्यक रहेको बताए । त्यस्तै पवन अग्रवालले वन्द सत्रमानै अबको निकासका लागि पनि क्रिकेट खेलाडी संघले दबाब दिने विषय प्रवेश गरेको भन्दै चाँडो समस्या समाधान गरेर अघि बढ्न सबै पक्षलाई आग्रह गरे ।

पूर्व कप्तान राजु खड्काले बाध्य भएर खेलाडीको आवाजका लागि संघ गठन भएको र यस्तो अवस्था आउनु र खेलाडीलेनै खेलाडीको लागि संघर्ष गर्नु कठिन अवस्था भएको पनि बताए । यद्धपि उनले अब अघि बढ्ने बेला भएको बताए।पूर्व कप्तान तथा यु-१९ टिमका प्रशिक्षक समेत रहेका विनोद दासले पनि अब सबै निकाय जिम्मेवार भएर नेपाली क्रिकेट विकासका लागि लाग्ने समय आएको बताएका थिए।

वर्तमान कप्तान रहेका पारस खड्काले को गल्ती र को सहि भन्न सक्ने आवस्था भएपनि अझै आस गरिरहेको भन्दै तत्काल विधान पारित गरेर नयाँ कार्यसमिती चयन गर्न आग्रह गरे । उनले एकदिवसीय मान्यता पछि नेपाली क्रिकेटलाई समन्वय गर्ने निकाय अत्यावश्यक रहेको समस्या समाधान हुने बाटोमा रहेको नेपाली क्रिकेटलाई चाँडो निकास दिन आग्रह गरेका थिए।

зимние женские ботинки фотоcs cart цена