खिम्ती जलविद्युत् आयोजनामा चीनको लगानी

काठमाडौं,१२ चैत– रामेछाप र दोलखाको सीमानामा पर्ने ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती २ जलविद्युत् आयोजनामा चीनले करीब ९ अर्ब लगानी गर्ने भएको छ ।

पिपुल्स इनर्जी लिमिटेडले निर्माणको अनुमति पाएको सो आयोजनामा चिनको चोङकिङ वाटर टर्वाइन वक्र्स कम्पनी (सिडब्लुटिडब्लु) ले ८ अर्ब ८० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

पिपुल्स इनर्जीले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै सिडब्लुटिडब्लु (CWTW) सँग निर्माण सकेर सञ्चालनमा आएको ७ सय  दिनपछि मात्रै भुक्तानी लिने गरी निर्माण सम्झौता भएको जनाएको छ ।

कुल लागतको १० प्रतिशत अग्रिम लिएर चिनियाँ कम्पनीले आगामी बैशाख देखि इपीसीएफ मोडेलमा निर्माण सुरु गर्ने पिपुल्स इनर्जीका अध्यक्ष कृष्ण आचार्यले बताउनुभयो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गरी २०७८ असारदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । गत फागुन ३० गते लगानी सम्झौतामा हस्ताक्षर भएपनि सम्झौता पत्र साटासाट गर्न चिनियाँ टोली अर्को महिना नेपाल आउने अध्यक्ष आचार्यले बताउनुभयो । आजको कान्तिपुरमा खबर छ ।

лечение в германии посредникипомощь в иммиграции в сша

Leave a Reply

Your email address will not be published. Required fields are marked *