नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा स्थापना भएको नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे आजबाट व्यवसायिक सञ्चालन हुने भएको छ । कोरोना महामारीका कारण नमस्पे पेको परीक्षणदेखि व्यवसायिक सञ्चालनको मिति पटकपटक धकेलि“दै आएको थियो । नेपाल राष्ट्र बैंकले नमस्त पेलाई २०७७ चैत ३ गते अनुमति दिएको थियो । नमस्ते पेको चुक्ता पु“जी ४० करोड रुपैया“ रहेको राष्ट्र बैंकले जनाएको छ । कम्पनीमा टेलिकमको ६२ प्रतिशत (२५ करोड ८८ लाख रुपैया“) र वाणिज्य बैंकको ३८ प्रतिशत (१५ करोड ११ लाख रुपैया“) लगानी रहेको छ । नमस्ते पेको वित्तीय सुविधालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने रणनीति टेलिकमको छ । २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने सम्झौता भएको थियो । नमस्ते पे सरकारीस्तरबाट सञ्चालन हुने पहिलो भुक्तानी सेवा प्रदायक हो । नमस्ते पेको सबै सेटलमेन्ट वाणिज्य बैंकले गर्नेछ । नमस्ते पे प्रयोग गरेर टेलिकमका ग्राहकहरुले ब्यालेन्सबाटै विभिन्न युटिलिटीसहित अन्य प्रकारका भुक्तानी गर्न सक्ने बताइएको छ ।