नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौंमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हु“दै आएको थियो । सङ्घमा करिब ८०० सदस्य आवद्ध रहेको सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीले जानकारी दिनुभएको छ । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उहा“ले बताउनुभयो । महाधिवेशनले नया“ नेतृत्व चयन गर्ने जनाइएको छ ।