नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्कि“दा तीन जनाको ज्यान गएको छ ।
आज बिहान नवलपुरको गैँडाकोट स्मृति पुल नजिक का“कडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएको हो । दुर्घटनामा परि ज्यान गुमाउनेमा बर्दिया बा“सबारी–८ बस्ने ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर बस्ने अन्दाजी ४० वर्षीय किरङ्गी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने अन्दाजी ३५ वर्षीय कृष्ण राना रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा जुम्ला तिला गाउ“पालिका–४ बस्ने ३३ वर्षीय टोपबहादुर शाही, बर्दिया बा“सगढी–८ बस्ने ८२ वर्षीय डिल्लीराम सुवेदी र कञ्चनपुर बेलपुर–९ बस्ने ३२ वर्षीय चित्रदेव लेखक रहेका छन् । घाइते सबैको नया“ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा परि सामान्य घाइते भएका चार जनाको भने डिस्चार्ज भइसकेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा भएको दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् ।