मान बहादुर बिश्वकर्मा

२९ भदोै, कालिकोट । दुई दिन देखिको अबिरल बर्षाका कारण पूर्णरूपमा अबरुद्ध कर्णाली करिडोरको पहिरो पन्छाउन सुरु गरिएको छ।

आईतबार राति र सोमबार राति आएको भिषण बर्षाले कर्णाली करिडोरको भुराबगर देखि लालिघाट सम्मको अबरुद्ध सडक पन्छाउन सुरु गरिएको हो।

नेपाल आर्मीको सहयोगमा शान्तिघाट प्रहरी चोैकीका असै रमेश महताराको नेतृत्वमा खटिएको ट्राफिक प्रहरीले शान्तिघाट देखि लालिघाट सम्मको पूर्णरूपमा अबरुद्ध रहेको पहिरो पन्छाउन सुरु गरेको हो।

आईतवार र सोमबार राति आएको निरन्तरको बर्षाले कर्णाली करिडोर पूर्ण रुपमा अबरुद्ध भएको थियो। लालिघाट देखि शान्तिघाट हुँदै भुराबगर सम्म विभिन्न स्थानमा माथि बाट आएको ठूलो पहिरोले सडक अबरुद्ध हुँदा यातायातका साधन भन्ने ठप्प बनेका हुन्।

करिडोर पूर्ण रुपमा बन्द भएपछि मुख्य कर्णाली करिडोरमा रहेको सडकमा यात्रा गर्ने नागरिकलाई भने निकै सास्ती भएको छ। दैनिकी कामका लागि हिडिरहेका नागरिकलाई भने कर्णाली करिडोरमा आफ्नो गन्तव्यमा पुग्न भने निकै कठिनाई हुने गरेको देखिएको छ। भिरको चट्टानमा कतिबेला के हुन्छ थाहाँ छैन् जताततै पहिरो मात्र छ यात्रा गर्दा होसियार भएर हिड्नु पर्ने नागरिकको भनाइ छ।

यता शान्तिघाट प्रहरी चोैकीका ट्राफिक प्रहरी गोबिन्द ऐरका अनुसार नेपाल आर्मीको सहयोगमा डोजर मार्फत ट्राफिक प्रहरीले करिडोरका विभित्र स्थानमा गएको पहिरो पन्छाएर अबरुद्ध सडक संञ्चालन गर्न लागेको बताउनुभयो।

उहाँका अनुसार अबरुद्ध सडक पन्छाउनुका साथै कर्णाली करिडोरमा दैनिकजसो गुडिरहने गाडीमा गाडीको क्षमता र सिट भन्दा धेरै मान्छे हाल्न नमिल्ने गरि र महंगो भाडादर घटाउन टिकट काउन्टर सँग सम्पर्क गरि यात्रा गर्ने नागरिकलाई सहज बनाउने बताउनुभयो।

गाडीको क्षमता भन्दा धेरै यात्रुलाई बोक्ने गरेको पाइएको र महंगो भाडा असुली गरेको पाइएपछि यस्लाई तुरुन्तै बन्द गर्न आफुले गाडी चालक र टिकट काउन्टरलाई आग्रह गरेको ट्राफिक प्रहरी ऐरले बताउनुभयो।

पहिरोले ठाउँ ठाउँमा कर्णाली करिडोर अबरुद्ध भएपछि सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाँता गाउँपालिका जाने यातायातका साधन ठप्प बनेसँगै नागरिकले भने दुख खेपिरहेका छन्।