भाद्र २९, काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसंग खेल्दैछ । खेल अल अमिरात मैदानमा दिउ“सो सवा चार बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । ओमान लिग–२ को शीर्ष स्थानमा छ । ओमानले १० खेलमा १६ अङ्क जोडेको छ । १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ । नेपालले ५ खेलमा ६ अङ्क जोडेको छ भने छैटौं स्थानमा रहेको छ । लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले ओमानसँग दुई खेल खेलेकोमा पराजित भएको थियो । लिग–२ विश्वकप छनोटमा एक टोलीले ९ श्रृङ्खलासहित ३६ खेल खेल्नेछ । शीर्ष तीन देश सन् २०२३ को जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्नेछन् ।